‘गदर २’ का अभिनेता देओलले बढाए पारिश्रमिक « Khabarhub

‘गदर २’ का अभिनेता देओलले बढाए पारिश्रमिक


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक बढाएका छन्। देओल अभिनीत फिल्म ‘गदर २’ हलमा प्रदर्शन भइरहेको छ।  फिल्मले बक्स अफिसमा सफलता हासिल गरिरहँदा अभिनेता सनी देओलले आफ्नो पारिश्रमिक बढाएका हुन् । 

भिनेता देओलले एक फिल्मका लागि ५० करोड भारू लिने बताएका छन्। यसअघि सनीले ‘गदर २’ को लागि २० करोड भारू पारिश्रमिक लिएका थिए। सुरुमा उनी एक फिल्मको पारिश्रमिक ६ करोड भारू लिन्थे।

फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार प्रदर्शनको ३३ दिनमा फिल्मले घरेलु बक्स अफिसमा ५१६ करोड ८ लाख भारू कमाएको छ।

योसँगै फिल्मले सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्मको रेकर्ड राखेको छ। 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ४ : ३१ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५