महिला मेहनतको पर्याय हुन् : त्रिशाला गुरुङ | Khabarhub Khabarhub

महिला मेहनतको पर्याय हुन् : त्रिशाला गुरुङ


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँमुल्तानमा ३० अगस्टदेखि १७ सेप्टेम्बरसम्म चल्ने क्रिकेटको एसिया कप २०२३ को ग्रान्ड ओपनिङका बेला त्रिशाला गुरुङको लुकबारे विश्व भरी चर्चा भयो । उनको उत्कृष्ट प्रस्तुतिमा मानिसहरू मोहित भए । उनको भिडियो यतिसम्म भाइरल भयो कि उनले यसलाई विश्वव्यापी पहिचान दिलायो । नेपालको राष्ट्रिय ध्वजबाट प्रेरणा लिएर तयारी गरिएको उनको पहिरन उनी जस्तै चर्चित भयो । 

त्रिशालालाई भारतीय सञ्चार माध्यम दैनिक भास्करले आफ्नो ‘ये मैं हूं’ सेक्सनका लागि अन्तर्वार्ता लिएको छ । उनले यसमा ग्लोबल प्लेटफर्मबाट पाएको लोकप्रियता र आफ्नो ड्रेसिङ सेन्सबारे कुरा गरेकी छिन् । 

त्रिशालाले दैनिक भास्करसँगको कुराकानीमा भनेकी छिन्, ‘भारत मेरो मनको निकै नजिक छ । दुवै देशको मिल्दो जुल्दो संस्कृति, रीति–रिवाजले दुई देशलाई एक सूत्रमा बाँध्छन् । मेरो बाल्यकाल हिन्दी फिल्म हेरेर र हिन्दी गीत गुनगुनाएरै बित्यो । ’

‘मैले जबदेखि सङ्गीतलाई महसुस गर्न र बुझ्न सुरु गरेँ तब मेरो रुझान सङ्गीततर्फ बढ्यो । तर मैले यसमा आफ्नो करियर बनाउने कहिल्यै सोचेकी थिइन् । यसलाई विश्वास वा ईश्वरको उपहार भन्न सक्नुहुन्छ कि म गायक बनेँ । तर म कहिले गायका बनेँ भन्ने कुरा म आफैँलाई थाहा छैन । मेरो उद्देश्य त डाक्टर बन्नु थियो ।’ त्रिशालाले भजनका कारण आफ्नो रुझान सङ्गीततर्फ बढेको बताइन् । उनले भनिन्, ‘मेडिकल पढ्दा कलेजमा धेरैजसो गायन सम्बन्धी कार्यक्रम हुन्थ्यो । त्यसमा म प्रस्तुति दिन्थेँ । पहिला त म आश्रममा भजन गाउँथे । मेरो गायन क्षमतालाई सोसल मिडियाले पहिचान दिलायो । मैले सन् २०१६–१७ मा आफ्ना थुप्रै गीतको भिडियो सोसल मिडियामा पोस्ट गरेँ । त्यसपछि मेरा प्रशंसकले मेरो क्षमता बुझे । मैले यसबाट प्रोत्साहन पाएँ र मैले डाक्टरका साथै गायनको करियर पनि सुरु गरेँ ।’

एसियन कपमा आफ्नो लुकका लागि विश्व भरी तारिफ पाएको बारे पनि उनले कुराकानी गरेकी छिन् । उनले भनेकी छिन्, ‘ह्वाइट पर्ल इयररिङ, स्काई ब्लु साडी र रातो चुराले नेपालको झन्डालाई प्रतिनिधित्व गर्छ । मेरो एसियन लुकलाई कम्प्लिट गर्नका लागि यो कुरा काम लाग्यो । यसले मलाई यति ठुलो प्लेटफर्ममा हौसला र इज्जत दिलायो ।’

उनले सफलताको ब्याख्यासमेत गरेकी छिन् । यसबारे उनी भन्छिन्, ‘कहिल्यै नसकिने प्रक्रियालाई कडा परिश्रम भनिन्छ र यसको परिणामलाई सफलता भनिन्छ । सफलता पाएपछि सफलताको यात्रा सुरु हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईंको निरन्तरको कडा परिश्रम हो । महिला मेहनतको पर्याय हुन् । मैले पनि आफ्नो पढाइ र शौकलाई जोगाउन कडा मेहनत गरेँ । 

जसको नतिजा विश्वसामु छ कि मैले एसियन कपमा मान्यता पाएको छु । मान्यता प्राप्त गर्नुको मतलब यो होइन कि हामीले कडा परिश्रम गर्न छोड्छौँ । पहिचान जोगाउन निरन्तर मिहिनेत गर्नुपर्छ । तपाई जुन फिल्डमा आबद्ध भए पनि फरक पर्दैन ।’

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ४ : ५५ बजे

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका