नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने « Khabarhub

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार ३० करोड थान २ रुपैयाँ दरका सिक्का उत्पादन तथा आपूर्तिको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो ।

प्रकाशित सूचना अनुसार खरिद सम्झौता कागजातको आईटीबी दफा ४.१ बमोजिम सूचीकृत भएका पूर्व(योग्य बोलपत्रदाताहरू मात्र सहभागी हुन पाउनेछन् । 

यो बोलपत्र एकल चरणको दुई खाम प्रणाली  अन्तर्गत सञ्चालन हुने र जसअन्तर्गत प्राविधिक प्रस्ताव र मूल्य प्रस्तावलाई छुट्टाछुट्टै सिलबन्दी खाममा राखी दुवैलाई एउटै बाहिरी सिलबन्दी खामभित्र राखी पेस गर्नुपर्नेछ जनाइएको छ ।

बोलपत्रसम्बन्धी कागजातहरू नोभेम्बर ३ भित्र कार्यालय समयमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली, काठमाडौं वा टक्सार प्रभाग, बबरमहलबाट खरिद गर्न सकिनेछ । खरिद प्रक्रियामा लाग्ने शुल्क र जमानत पनि राष्ट्र बैंकले निर्धारण पनि निर्धारण गरेको छ ।

तर, सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका फर्म, संस्था वा तिनका सञ्चालक तथा लगानीकर्ताहरू यस बोलपत्रमा सहभागी हुन योग्य हुने छैनन् ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : ०२ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि