चौथो जिनियस म्युजिक अवार्डबाट चारजना सञ्चारकर्मी सम्मानित « Khabarhub

चौथो जिनियस म्युजिक अवार्डबाट चारजना सञ्चारकर्मी सम्मानित


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौथो जिनियस म्युजिक अवार्ड  २०७९ बाट चारजना सञ्चारकर्मी सम्मानित भएका छन् ।

काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित चौथो जिनियस म्युजिक अवार्ड  वितरण समारोहमा सञ्चारकर्मीहरू सुमन सापकोटा, राम थापा ‘अविरल’, कृष्ण भुसाल र विष्णु सुवेदीलाई पत्रकारिता सम्मानबाट विभूषित गरिएको हो  । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकले उनीहरूलाई दोसल्ला, फूलमाला र सम्मानपत्रले सम्मानित गरेका हुन् । सोही अवसरमा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधनाबाट सम्मान गरिएको थियो ।

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लीले आफ्नो स्थापनाको दशौँ वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो । 

यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले चौथो संस्करण सम्पन्न गरेको हो । कलाका साथै अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको समारोहमा विभिन्न ४३ विधामा गीत संगीतका स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । 

अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोक तथा दोहोरी, गजल, आधुनिक विधाका स्रष्टा र सिर्जना समावेश गरिएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : १९ बजे

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि