'बीपीको विचारलाई अवलम्बन गरेमात्रै पार्टी र सरकार बलियो हुन्छ'  | Khabarhub Khabarhub

‘बीपीको विचारलाई अवलम्बन गरेमात्रै पार्टी र सरकार बलियो हुन्छ’ 


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बिपीको विचारलाई अवलम्बन गरेर अगाडि बढ्नसके मात्रै पार्टी र सरकार बलियो हुने बताएका छन् ।

बीपी स्टडी युथ सर्कलले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘बीपी जयन्तीका अवसरमा देशैभरिका युवाको विशेष विचार सम्मेलन’मा उनले आफूमा भएको अहमतालाई त्याग्न नसकेका कारण बिग्रनेक्रम सुरु भएको बताएका हुन् ।

नेता कोइरालालले बीपीले भनेको विचारभन्दा ठीक विपरीत व्यक्तिवादी चरित्र, साम्प्रदायिकतामा रम्ने, स्वार्थीपना र इसारामा हिँड्ने व्यवहार बढी भएका कारण त्यसलाई त्याग्नसकेमा मात्रै सबैचिज बलियो हुने तर्क गरे । ‘अहिले सबैमा स्वार्थीपना बढी भएका कारण सामूहिकतामा भन्दा पनि व्यक्तिवादी चरित्र हाबी भएर बिग्रँदै गएको छ’, उनले भने , ‘पार्टी र सरकारमा भएकाले त्यसलाई त्याग्न सकेको खण्डमा जनताले सोचेको काम र कुरा पूरा गर्न सक्छौँ ।’ 

पार्टीभित्र व्यक्तिवादी सोच बदल्दै सरकारमा पनि अर्थतन्त्रको सोच बदल्न आवश्यक रहेको उनको भनाइ छ । नेता कोइरालाले देशलाई बलियो बनाउन संघीयतालाई पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेशलाई शक्तिशाली बनाउन नसकेका कारण कमजोर बन्दै गएको बताए। 

छिट्टै प्रदेशलाई सङ्घबाट अधिकार सम्पन्न हुने नीति बनाउन आवश्यक रहेको बताउँदै उनले कोशी प्रदेशमा धर्मका नाममा जातीय लडाईंमा फस्दै गएको अवस्थाले सामाजिक सद्भावलाई खल्बलाउने प्रयास भइरहेकोप्रति सबै सचेत हुन आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले दर्शन छाड्ने तर त्यसलाई विचार, कार्यान्वयन, योजना र व्यवहारमा ढाल्न नसक्दा पछि परेको बताए । बिपीमा विचार, नेतृत्व क्षमता, कुशलता र व्यवहारमा पनि पोख्त भएकै कारण आज बिपीको नामले चिन्न पाएको बताउँदै उनले विगतमा केके भयो भनेर खोजीमा लाग्ने भएर नयाँ बाटोको खोजीमा लाग्न आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका नेता गुरु घिमिरेले अहिलेको नेतृत्वहरूले नयाँ पुस्ताको योग्यता, क्षमता चाहनालाई बुझ्न नसक्दा देश पछाडि पर्दै गएको बताए । नेपाली युवाले विदेशी भूमिमा सिञ्चित गराइरहँदा स्वदेश उजाड भन्दै गएको उल्लेख गर्दै उनले जनता सरकारलाई हेरेर निराशा बन्नुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताए।

नेपाल विद्यार्थी सङ्घका पूर्वसभापति रञ्जित कर्णले जनताले सोचेअनुसारकाे सङ्घ, प्रदेश र स्थानीय सरकारमा रहेर कांग्रेसले काम गर्न नसकेको बताए । त्यसका लागि हरेक युवाले आफू रहेको ठाउँमा बिपीको विचारको आत्मसात गर्दै काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

अर्का नेता भूपेन्द्र जङ्ग शाहीले युवापुस्तामा बिपीको विचार र सिद्धान्तलाई चिन्न नसकेका कारण उनलाई बुझ्न र चिन्नका लागि बीपी विचार सम्मेलनको आयोजना गरेको बताए । बीपी स्टडी युथ सर्कलमा आबद्ध रहेको देशैभरिबाट सहभागी भएको युवाले सबै प्रदेशको नेतृत्व गर्दै आआफ्नो विचार र धारणा राखेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ७ : ०४ बजे

दलहरूबीच सहमति जुटेन, कांग्रेसले संसद् अवरोध गर्ने

काठमाडौं–  प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले आज पनि संसद् बैठक अवरोध

अन्तिम २ मिनेटमा झिनो अंकले बढेर बन्द भयो नेप्से, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौं–बिहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा झिनो अंकले

मन्त्रिपरिषद् : फिन्ल्यान्डको १३ मिलियन युरो स्वीकार, दुई सहसचिवको सचिवमा बढुवा

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३

मदन-आश्रितलाई सम्झिँदै ओलीले भने : दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको काममा अब

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो