भियतनामको एक अपार्टमेन्टमा आगलागी हुँदा दर्जनौंको मृत्यु | Khabarhub Khabarhub

भियतनामको एक अपार्टमेन्टमा आगलागी हुँदा दर्जनौंको मृत्यु


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भियतनामको राजधानी हनोईको एक आवासीय भवनमा आगलागी हुँदा दर्जनौं व्यक्तिको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।

मोटरसाइकलले खचाखच भरिएको १० तले भवनको पार्किङ फ्लोरमा स्थानीय समयअनुसार मङ्गलबार मध्यरातअघि आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

भियतनामको सरकारी समाचार एजेन्सीका अनुसार १०० भन्दा बढी व्यक्ति भाग्न सफल भएका छन् वा उद्धारकर्ताहरूले उनीहरूलाई भवनबाट बाहिर निकालेका छन् । अधिकारीहरूले ५४ जनालाई अस्पताल पु¥याएका छन् ।

सार्वजनिक सुरक्षा उपमन्त्रीले भान टुयेनले आगलागीबाट ठूलो जनधनको क्षति भएको बताएका छन् । मृत्यु हुनेमा कम्तीमा तीन जना बालबालिका रहेको बताइएको छ ।

“मैले सहायताको लागि धेरै चिच्याएको सुनें । हामीले उनीहरूलाई केही सहयोग गर्न सकेनौं,” भवन नजिकै बस्ने होवा नाम जनाउने एक महिलाले भने ।

“अपार्टमेन्ट यति बन्द छ कि भाग्ने कुनै बाटो छैन, पीडितहरूलाई बाहिर निस्कन असम्भव छ,” उनले बताए । एएफपीका फोटोग्राफरहरूले रातभर घटनास्थलमा खिचेका तस्बिरहरूमा भवनको कौसीहरूबाट आगोको ज्वाला र धुवाँ निस्केको देखिन्छ ।

बुधबार बिहानसम्म आगो निभाइएको थियो तर दक्षिणपश्चिम हनोईको एक आवासीय क्षेत्रको साँघुरो गल्लीमा रहेको उक्त भवनमा पुग्न उद्धारकर्मीहरूले घन्टौंसम्म संघर्ष गरेका थिए ।

उक्त कम्प्लेक्समा करिब १५० जना मानिस बसोबास गर्दै आएको अधिकारीहरूले बताएका छन् । अर्का प्रत्यक्षदर्शी हुओङका अनुसार आगोबाट बच्न एउटा कोठाबाट सानो बालकलाई फ्याँकिएको थियो ।

उनले भने, “जताततै धुवाँ थियो । त्यहाँ एउटा सानो केटो अग्लो तलाबाट फ्याँकिएको थियो, मलाई थाहा छैन ऊ बाँच्यो वा बाँचेन, यद्यपि मानिसहरूले उसलाई सुरक्षित गर्न एउटा म्याट्रेसको प्रयोग गरेका थिए ।”

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ८ : १४ बजे

आजबाट घरकर्जा र शेयर धितो कर्जाको सीमा बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्नेगरी बुधबार क,

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ

सात करोडको लागतमा पालिका भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन