कांग्रेस नयाँ ढङगले अघि बढ्छ : महामन्त्री शर्मा « Khabarhub

कांग्रेस नयाँ ढङगले अघि बढ्छ : महामन्त्री शर्मा


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले कांग्रेस नयाँ ढङ्गले अगाडि बढ्ने क्रममा रहेको बताएका छन् ।

जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीले आज सिन्धुलीमाडीमा आयोजना गरेको ‘बिपीको प्रजातान्त्रिक समाजवादः अभ्यास, चुनौती र सम्भावनाहरू’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले कांग्रेस रूपान्तरित हुँदै गएको बताए ।

“कांग्रेस सङ्लिने बेला हो, तङ्ग्रिने बेला पनि हो । कांग्रेस नवीन ढङ्गले अगाडि बढ्ने क्रममा छ । रूपान्तरित हुँदैछ । अब बलियो भएर देशको नेतृत्व कांग्रेसले गर्छ”, उनले भने ।

देश रूपान्तरणका लागि कांग्रेसका १५ वर्षे योजना तथा लक्ष्यका बारेमा प्रष्ट्याउँदै उनले सबै नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउने देश निर्माणमा कांग्रेस जुटेको सुनाए ।

उनले भने, “अबको १५ वर्षमा हामी यस्तो देश बनाउन चाहन्छौँ, जहाँ कसैले पनि विभेदको सिकार हुनु नपरोस्, सबैले आत्मसम्मानका साथ बाँच्न सकुन् ।”

जिल्ला प्रशिक्षण शाखा नेपाली कांग्रेस सिन्धुलीका संयोजक तथा कांग्रेस उपसभापति दीपककुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका २३ जनाभन्दा बढी कांग्रेस नेता, शुभेच्छुकले राखेको सुझाव तथा जिज्ञासालाई पनि कांग्रेस महामन्त्री शर्माले सम्बोधन गरेका थिए । कार्यक्रमा झन्डै आठ सय नेता तथा कांग्रेसका शुभेच्छुकको सहभागिता थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ९ : १८ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम