१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा « Khabarhub

१० मेगावाटको सौर्य ऊर्जा निर्माण अन्तिम चरणमा


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

झापा– कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने सौर्य ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ ।

चार वर्षअघि रु ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताएका छन्। उनका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुनेछ । 

झिलभिले चोकबाट करिब ७ किलोमित्तर उत्तरमा २२ बिघा जमिनमा २२ हजार छ सय सोलार प्यानल जडान गरिने उनले जानकारी दिए । परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ । जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ । 

‘यो नेपालकै ठूलो परियोजना हो, अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ’, निर्देशक भट्टराईले भने, ‘अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो । चाँडै सक्छौँ ।’ सो परियोजना निर्माणका लागि माछापुछ्रे बैंकले रु ३५ करोड र सिभिल बैंकले रु २५ करोड गरी रु ६० करोड बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा रु २० करोड शेयरदाताबाट लगानी गरिएको उनको भनाइ छ । उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भरपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए ।

बिर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईँले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताए उनले परियोजनालाई सोलार टुरिजमको रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । 

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताए । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ । झापा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उनको भनाइ छ । 

उनले नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट रु ७.३० का दरले बिक्री गर्ने गरी सम्झौता भइसकेको जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : २३ बजे

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

मुस्ताङ– यहाँका किसानलाई आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका

नयाँ वर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

गण्डकी– हरेक वसन्तयाममा थरिथरिका गुराँसले ढकमक्क हुन्छ बागलुङको पर्यटकीय लेक

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको