जीतपुर-सिमराका पूर्वमेयर मृत अवस्थामा फेला | Khabarhub Khabarhub

जीतपुर-सिमराका पूर्वमेयर मृत अवस्थामा फेला


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

निजगढ– जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका पुर्व मेयर पौडेल बिहिबार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पूर्व मेयर पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताए । उनका अनुसार सो बारेमा अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार घरमा घोप्टो परेको अवस्थामा उनी घरमा फेला परेका थिए, जतिखेर उनको मृत्यु भइसकेको थियो । एमाले मधेश प्रदेशका पूर्वसचिवसमेत रहेको पौडेलको मृत्यु रहस्यमयी देखिएको स्थानियहरूले जनाएका छन । 

यद्यपि, प्रहरीले सो बारेमा छानबिन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : ४९ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई