पठान र जवानमार्फत खानको नयाँ जीवन | Khabarhub Khabarhub

पठान र जवानमार्फत खानको नयाँ जीवन


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

तीन दशकभन्दा लामो समयको साहरुख खानको फिल्म करियरमा चकलेटी अनुहार, डिम्पल बसेको गाला, मुस्कान र रोमान्टिक छवि अत्यन्त चर्चामा थियो ।

पछिल्लो तीन दशक, उनको यही छवि नै भारतीय सिने जगतमा सनसनी फैलाउन काफी रहेको थियो। अहिले उनी एक्सन स्टारको रूपमा फिल्ममा छाएका छन् । उनको पछिल्लो फिल्म जवानमा रेलमा यात्रा गरीरहेका उनलाई डरलाग्दा यात्रुहरूले घेर्छन् । उनीहरूलाई भुलाउनकै लागि उनले गीत गाउने र नाच्ने कामको सुरुवात गर्छन् । फिल्मको प्लट त्यहीँबाट सुरु हुन्छ ।

फिल्मको ट्रेलरमा नै दर्शकलाई चेतावनी दिइन्छ, ‘जब म खलनायकको रूपमा प्रस्तुत हुन्छु, कुनै खलनायक नै अगाडि उभिन सक्दैन,’
भारतमा सर्वाधिक लोकप्रिय व्यक्ति खानको स्वदेशमा र विदेशमा गरी दशौँ लाख समर्थक छन् ।

भिन्न भिन्न फिल्ममा सफलता पाएपछि अनुप चोपराको फिल्ममा एउटा पातलो र बलियो फाइटिङ मेसिनको रूपमा उनको चरित्र बनेको छ।

सन् २००० मा डन र त्यसपछि २०१७ मा रेसमा खानको एक्सन छवि देखिएको थियो । तर, अहिले आएको पठान र जवानको प्रभाव अझ धेरै फरक छ । चोपराले यसले साहरुखको क्यारियरलाई नयाँ जीवनमा प्रवेश गराएको बताएका छन् ।

सन् २०२३ मा पठानमा खानको भूमिका आतङ्ककारी गतिविधिबाट आफ्नो देशलाई जोगाउनको लागि दौडिएको देख्न सकिन्छ । चार सातामै १ सय २० मिलियन अमेरिकी डलर जम्मा गर्दै सो चलचित्रले घरेलु बक्स अफिसमा कीर्तिमान नै कायम गरेको थियो । जवानमा दोहोरो भूमिका र फिल्मको क्रममा बहुरुपका कारण १८ दिनमा नै धेरै कीर्तिमानका नजिक पुगेका छन् ।

‘हामीले सुरुवाती दिनमा देखेको भन्दा अहिले स्क्रिनमा देखिएका व्यक्ति धेरै फरक हुन्,’ चोपराले साहरुखका बारे भने ।

खानको सुरुवाती र सफलता पनि एन्टी हिरोको रूपमा भएको थियो । सन् १९९३ मा डर र बागीजर उत्तिकै सफल थिए । दुवैमा उनको भूमिका त्यस्तै थियो । बदलाको भाव लिएको अन्जाम सन् १९९४ मा रिलिज भएको थियो ।

एक पक्षीय प्रेममा मरिहत्ते गर्ने उनको चरित्र दर्शकले औधी मन मात्र पराएनन्, उनको समर्थक त्यसै समयमा लाखौँको मात्रामा बढ्दै गएका थिए ।

सन् १९९५ मा दिल वाले दुलहनीयाले जाऐंगेले उनलाई रोमान्टिक हिरोको रूपमा ब्लकबस्टरको उचाइ दिएको थियो । त्यसपछि लामो समय नाटकपन र कमेडी प्रधान फिल्ममा खेले पनि उनको रोमान्टिक छवि भने कायम नै रहेको हो।

पठान र जवानले उनको सुपरस्टार छविलाई यथावतै त राख्ने नै छ । साथै उनको नयाँ छविलाई पनि स्थापित गर्ने छ । फिल्म समीक्षक राहुल देसाइको विचारमा पनि उनको यो दुई चलचित्रले नयाँ दिसा दिनेछ ।

उनीहरूले निर्देशन र फिल्म निर्माणको क्रममा विगतको खानको छवि हेरेर धेरै दबाबको सामना गर्नु स्वाभाविक थियो। लामो समय स्टारडममा रहेका उनको नयाँ छवि स्थापित गर्न कम्ती चुनौतीपूर्ण थिएन । यसैमा केन्द्रित थिए चोपरा पनि । अन्त्यमा उनले सफलता पनि पाए ।

चार वर्ष फिल्मको दुनियाँबाट हराएका साहरुखले केही पारिवारिक दुर्घटनाको पनि सामना गरे ।

सन् २०१६ र २०१७ मा फिल्म उद्योगमा उनी त्यत्ति छाएका थिएनन् । सन् २०१८ यता उनको भूमिका भ्वाइस ओभरमा नै धेरै सीमित रहेको थियो । यसै समयमा सन् २०२१ मा उनको छोरा आर्यन खान लागुऔषध सेवनको आरोपमा गिरफ्तार भए तर पछि उनी निर्दोष साबित भए।

पठान र जवानले खानको व्यक्तिगत व्यावसायिकीकरण जीवनमा आएका निराशालाई आशामा परिणत गर्न पर्याप्त हुनेछ। यी दुई चलचित्र भिन्न शैलीका छन् । तथापि दुवै चलचित्रका सन्देश उस्तै किसिमका छन् ।

एउटा नायकले सबै धार्मिक सम्प्रदाय र यसको भेदभावलाई हटाउँदै राष्ट्रिय एकता कायम गर्न गरेको योगदान र भूमिका नै कथाको मूल सन्देश हो ।

यी चलचित्रले केही फिल्मसँगको थिम सँग विरोधाभास पनि पैदा गरेका छन् । सन् २०२२ को केरेला स्टोरी र सन् २०२१ को काश्मीर फाइल्स दुवै चलचित्र भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीबाट प्रशंसा भएका चलचित्र हुन् । यी दुवै चलचित्रको हिन्दु सम्प्रदायसँग केही सम्बन्ध देखिएको छ । आलोचनाका बाबजुद दुवै चलचित्र हिट पनि भएका छन् ।

जवानमा खानले एक जना आर्मी अफिसरको छोराको भूमिका निर्वाह गरेका छन् । संयोगवश ती बाबुको भूमिकामा पनि उनी आफै छन् । आफ्नो बाबुको नाम उज्यालो पार्न छोराले गरेको दुख सो फिल्ममा प्रस्ट पारिएको छ । उनले धेरै क्याप लगाएका छन् । उनले भ्रष्ट प्रशासनको विरुद्धमा पनि आवाज उठाएका छन्।

देसाइकै अनुसार खानको चरित्रलाई हेरेर नयाँ भूमिका तयार पारिएको हो। ‘सुरुमा यो फिल्म आफैमा आत्मसम्मानका लागि लायक हो । यसले एक किसिमको सेलीब्रेटी उत्पादन गरेको छ । आलोचकहरूले उनका धेरै पुराना चलचित्रमा पनि राजनीतिक गन्ध आउने गरेको आरोप लगाउने गरेका छन् ।

चोपराकै अनुसार स्वदेशमा पनि नासामा काम गर्दा गर्दै भारतमा फर्केर उनले देश भक्तिको भाव देखाएका छन् । पछिल्ला केही वर्ष यता भने उनीमा प्रशस्त राजनीतिक चेत र रङ्ग भरिएका छन् ।

भारतमा खानको सुपरस्टारको रूपमा हुने पुन उदयले फेरि राष्ट्रिय भावना र एकता अझ बलियो हुने देसाइको दाबी छ । धेरै विद्यालय तहका विद्यार्थीलाई पनि यो फिल्म देखाउने तयारी भएको छ । जवानमा केही डाइलग विवादमा पनि आउन सक्छन् । तर, देसाइकै विचारमा केही नयाँ काम गर्ने चाहना राख्दा आउने यो एउटा स्वाभाविक प्रक्रिया हो ।

लामो समय रंग दुनियाँमा बिताएकी सञ्चारकर्मी तथा समीक्षक श्रयणा भट्टाचार्यकै विचारमा खान सधैँ नयाँ ढङ्गले उदाउन चाहने व्यक्ति हुन् । उनको विचारमा खानलाई कुनै पनि शक्तिले बाँधेर राख्न नै सक्दैन । नयाँ भूमिकामा उदाउने उनको महत्त्वपूर्ण विशेषता नै हो ।

उनको विचारमा फिल्मका कथा र अन्य प्राविधिक विषय त भई नै हाले । साहरुखको स्टारडमका कारण सो फिल्म अझ माथिल्लो उचाइमा प्रवेश गरेको छ । उनीबाट भारतले अझ लामो समयको प्रतिक्षा गरेको छ ।
स्रोतः बीबीसी

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : ०० बजे

आजको अर्थसंक्षेप : नेप्से बढ्यो, धितोपत्रको कमिसन  घट्यो 

काठमाडौं– सरकारले आज संघीय संसदमा आगामी आर्थिक वर्ष (आव) का

पाकिस्तानका सबै सरकारी उद्योग निजीकरण गर्ने घोषणा

एजेन्सी – देशको चरम आर्थिक सङ्कटका बीच प्रधानमन्त्री शहबाज सरिफले

पोखराको प्राइम सहकारी ठगी आरोपित अध्यक्षसहित आठ जना समातिए

कास्की – पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने

काठमाडौं – उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको

नीति तथा कार्यक्रममा समेटियो श्रम मन्त्रालयका ८ बूँदा

काठमाडौं – सरकारले आज संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष