कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दै | Khabarhub Khabarhub

कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दै


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री आज टुंगो लाग्दैछ । कोशी प्रदेशका भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका विद्रोही समुहका केदार कार्की दुवैले गरेको दाबीमा आज टुंगो लाग्ने भएको हो ।

 प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुंगो लगाउने छन् । माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आङबोले बुझाएको पत्रमा राखिएको आफ्नो समुहका सांसदहरूको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिवाद गर्दै आएको छ । सो समुहले आङबोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्वीकार गर्दै आएको छ ।

सो आन्तरिक विवादका कारण उत्पन्न परिस्थितिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन । जसअनुसार कोशीमा शुक्रबार नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : ५६ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, जेन-जीको आक्रमणपछि पहिलो पटक सार्वजनिक हुँदै देउवा

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

गैरकानूनी चन्दा उठाउनेलाई कारबाही गरिने

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले तीन अर्ब ३० करोड रुपैयाँ वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल