सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु « Khabarhub

सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनहरूमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु गरेको छ । 

निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल) को सहयोगमा बिहीबारदेखि  माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको इकोलोजिकल मोनिटरिङ गर्न क्यामेरा ट्यापिङ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी कात्तिक २५ गतेसम्म क्यामेरा ट्यापिङको विधिबाट बाघको अवस्थाबारे जानकारी लिइने छ ।

माडीको सोमेश्वर क्षेत्रबाट क्यामेरा ट्यापिङको काम सुरु गरिएको छ । यसका लागि ६२ वटा क्यामेरा दुई वर्गकिलोमिटरको फरकमा जडान गरिएको छ । तीनवटा ब्लकमा विभाजन गरी क्यामेरा ट्यापिङको काम गर्न लागिएको हो । एउटा ब्लकमा १७ देखि २१ वटा ग्रिड निर्माण गरी क्यामरा जडान गरिने छ । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिने उनले बताए । बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रिड निर्माण गरिने छ । ‘टाइगर इकोलोजिकल मोनिटरिङ अफ सोमेश्वर हिल’ कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाबारे अध्ययन गर्न लागिएको हो ।

उनका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीनवटा बाघ रहेको र सन् २०२२ मा यो सङ्ख्या बढेर आठ पुगेको छ । सोमेश्वर पर्वतमाला र भारतको वाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको हो । संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने उद्देश्यका साथ ट्यापिङ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए।

क्यामेरा ट्यापिङका लागि निकुञ्ज र तालका १५ कर्मचारी परिचालन गरिने छ । ती कर्मचारीबाहेक अन्य अनुगमनको काम भने निकुञ्ज प्रशासनले गर्ने गरी काम गर्न लागिएको हो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ५८ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा