टेरामक्स खरिद प्रक्रियामा अहिलेसम्मका कागजात पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन « Khabarhub

टेरामक्स खरिद प्रक्रियामा अहिलेसम्मका कागजात पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा अहिलेसम्मका कागजात पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अहिलेकासम्मका कागजात र निर्णयहरुको प्रमाणित प्रतिलिपी सात दिनभित्र समितिमा पेश गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

बैठकले दूरसञ्चार सेवा प्रदायहरुले तिर्न बाँकी कर, राजस्व र दायित्व तीन महिनाभित्र असुल उपर गर्न सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ भने निर्धारित समयभित्र राजस्व नतिर्ने सेवा प्रदायकहरुलाई कारवाहीको दायरामा ल्याइ त्यसको जानकारी समितिमा उपलब्ध गराउन निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

बैठकले ग्रामीण दुरसञ्चार कोष अन्तर्गतका योजनाहरु सुस्त रहेको पाइएको र सूचना राजमार्गमा अप्टिकल फाइबर बिच्छाउने कार्यले अपेक्षित गति लिन नसकेको भन्दै शिघ्र उक्त कार्य सम्पन्न गर्न पनि निर्देशन दिइएको उनले बताए । बैठकले प्रतिस्पर्धाका कारण विश्व दूरसञ्चार सेवामा शुल्क घटेपनि नेपालमा घट्न नसकेकाले गुणस्तरीय सेवा न्यून शुल्कमा उपलब्ध गराउन पनि बैठकले निर्देशन दिएको पोखरेलले जानकारी दिए ।

त्यस्तै समितिले बैठकले स्मार्ट टेलिकमको लाइसेन्स बिक्रिको कार्य गैरकानूनी तवरले भइरहेको जानकारी आएका हाललाई उक्त कम्पनीको लाइसेन्स बिक्री कार्यलाई स्थगीत राख्न र यससम्बन्धी कागजात समितिलाई उपलव्ध गराउन पनि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : १४ बजे

विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै रु

देशभरका भन्सार जाँचपास ठप्प

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास

दार्चुलामा भूकम्पको धक्का

काठमाडौँ- दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास

३७ वर्ष पढाएका हेड सरलाई हेलिकप्टर चढाएर बिदाइ

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष

बलात्कार गरेको आरोपमा एमाले नेता पक्राउ

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका मेयर प्रत्यासी एवं नेकपा एमाले नेता शिवशंकार