गैह्रीगाउँ हत्याकाण्डका प्रमुख अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न माग | Khabarhub Khabarhub

गैह्रीगाउँ हत्याकाण्डका प्रमुख अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न माग


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीनकुनेको गैह्रीगाउँमा भएको हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भण्डारीविरुद्ध दायर गरेको मुद्दामा क्रुर तथा निमर्मतापूर्वक हत्या गरेको कसुरमा उनलाई आजीवन कारागारमा राख्न माग गरिएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । भण्डारी जन्मजात बोल्न सक्दैनन् ।

गत भदौ २० गते गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा चार जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा भण्डारी पक्राउ परेका हुन् ।

भण्डारीले धारिलो हतियार प्रहार गरी दोलखा घर भई सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ३६ बजे

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा