गैह्रीगाउँ हत्याकाण्डका प्रमुख अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न माग « Khabarhub

गैह्रीगाउँ हत्याकाण्डका प्रमुख अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न माग


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तीनकुनेको गैह्रीगाउँमा भएको हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भण्डारीविरुद्ध दायर गरेको मुद्दामा क्रुर तथा निमर्मतापूर्वक हत्या गरेको कसुरमा उनलाई आजीवन कारागारमा राख्न माग गरिएको छ । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । भण्डारी जन्मजात बोल्न सक्दैनन् ।

गत भदौ २० गते गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा चार जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा भण्डारी पक्राउ परेका हुन् ।

भण्डारीले धारिलो हतियार प्रहार गरी दोलखा घर भई सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ३६ बजे

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट

कृष्णभीरमा नयाँ ट्याक : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको