राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत « Khabarhub

राष्ट्रपतिसमक्ष दुई आयोगका प्रतिवेदन प्रस्तुत


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोग र मधेसी आयागका प्रतिवेदन प्रस्तुत भएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आयोगको १६औँ वार्षिक प्रतिवेदन र मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले आफू नेतृत्वको आयोगको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले महिलाको हकहित, लैङ्गिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताउँदै धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशालाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नरहेको बताए ।

“राष्ट्रिय जीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी बनाउनुपर्ने भएको छ, आगामी दिनमा महिला आयोगले अझ सशक्त र प्रभावकारी रुपमा कार्यसम्पादन गर्नेमा म विश्वस्त छु”, उनले भने ।

आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने क्रममा प्रस्तुत प्रतिवेदनका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गरे । राष्ट्रपति पौडेलले गाउँघरमा पछाडि परेका महिलाको जीवनस्तर उकास्न सामाजिक अभियान चलाउन आवश्यक भएकामा जोड दिए ।

यसैगरी, राष्ट्रपति पौडेलले मधेसी आयोगको प्रतिवेदन ग्रहण गर्दै मधेसमा पनि सिङ्गो देशकोजस्तै भाषिक र सांस्कृतिक विविधता रहेको बताए । उनले नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गर्दै आएको मधेसी समुदायको भाषा, संस्कृति, वेषभूषा, परम्परा, सभ्यता र संस्कार देशको विविधताजस्तै  विविधतापूर्ण रहेको बताए ।

राष्ट्रपतिले भने, “नेपाल बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । मधेसमा पनि भाषा, संस्कृति, वेषभूषा, परम्परा, सभ्यता र संस्कारमा सिङ्गै देशको जस्तै विविधता छ । मधेसमा बोलिने भाषा, त्यहाँका संस्कृति व्यक्ति र समुदायको पहिचान र अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो ।”

राष्ट्रपतिले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति समुदायको भाषा, लिपि, संस्कृति, साहित्य कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति रहेको बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ४९ बजे

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी