निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल « Khabarhub

निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनविचार गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्दै यसले अस्थिर सरकार बन्ने स्थिति सिर्जना गरेको बताए ।

उपाध्यक्ष पोखरेलले अस्थिर सरकारका कारण मुलुकमा समृद्धि हासिल नहुने विचार व्यक्त गरे । उनले सत्ता स्वार्थमा गठबन्धन हुने, आर्थिक विकास, सामाजिक सन्तुलनलगायत क्षेत्रमा राजनीतिक दल गम्भीर नहुँदा जनतामा निराशा उत्पन्न भएको बताए । एमाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको उनले स्पष्ट गरे ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सत्ता राजनीतिमा प्रयोग गरिएको अदालतको परमादेश अहिले सत्ता पक्षलाई नै चुनौतीपूर्ण भएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ५ : १३ बजे

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् ।