किशोरीमाथि करणी गरेको आरोपमा बैतडीबाट एक जना पक्राउ « Khabarhub

किशोरीमाथि करणी गरेको आरोपमा बैतडीबाट एक जना पक्राउ


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ ।

मेलौली नगरपालिका–७ का महेश ओझालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकका चालक ओझाले अन्दाजि १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप छ । ओझाले सोही मिनिट्रकमा सवार रहेकी किशोरीलाई डोटीको बुडरमा जबरजस्तीकरण गरेको आरोप लागेको छ ।

ट्रकसहित चालक ओझालाई पाटन नगरपालिका–६ को हिरापुरबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खत्रीले बताए । प्रहरीका अनुसार पीडित किशोरी अत्तरियाबाट बैतडी जान मिनिट्रकमा बसेकी थिइन् । बिहीबार राति ट्रकमा आफूमाथि चालक ओझाले जबरजस्ती करणी गरेको भन्दै उनीविरुद्ध ती किशोरीले प्रहरीमा उजुरी दिएकी छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : १२ बजे

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न