गाजामा ‘दोस्रो विपत्ति’ आउने चेतावनी « Khabarhub

गाजामा ‘दोस्रो विपत्ति’ आउने चेतावनी


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरायली सेनाले उत्तरी गाजामा १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश दिएपछि प्यालेस्टिनीहरूले ‘दोस्रो नक्बा’ विपत्तिको सामना गर्न सक्ने चेतावनी दिएका छन्।

“गाजा पट्टीबाट प्यालेष्टिनी नागरिकको विस्थापनलाई पूर्ण रूपमा अस्वीकार गर्दै वस्ती खाली गर्नु प्यालेष्टिनी नागरिकको लागि दोस्रो नक्बा जस्तै हुनेछ,” अब्बासले भने।

सन् १९४८ मा इजरायलको स्थापनासँगै भएको युद्धको दौडान भागेका वा घरबाट निष्कासित गरिएका लगभग सात लाख ६० हजार प्यालेस्टिनीहरूको दुःखलाई ‘पहिलो नक्बा’का रूपमा उनीहरूले लिने गर्छन् ।

इजरायली सेनाले गाजापट्टीमा करिब ११ लाख मानिसको बसोबास रहेको उत्तरबाट भाग्न चेतावनी दिँदै पर्चा खसालेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

अब्बासको प्यालेस्टिनी केन्द्रीय प्रशासन कब्जा गरिएको पश्चिम किनाराको रामल्लाहमा बसेको छ र गाजामा शासन गर्ने लडाकू समूह हमासबाट विभाजित छ ।

इजरायली सेनाले शनिबारदेखि गाजामा हजारौं हवाई आक्रमण गरेको छ जसमा एक हजार ५३० भन्दा बढी व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाका अनुसार हमासका लडाकूहरूले सीमापार गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढीको मृत्यु भएपछि यो आक्रमण गरिएको हो ।

जबर्जस्ती स्थानान्तरण ‘अपराध’

अरब लिगले इजरायलले प्यालेस्टाइनलाई प्रतिबन्धित गाजा पट्टीको उत्तरतर्फको क्षेत्र खाली गर्न दिएको आदेशलाई ‘जबर्जस्ती स्थानान्तरण’ को संज्ञा दिएको छ ।

“‘जबर्जस्ती स्थानान्तरण’ गर्नु एउटा ठूलो ‘अपराध’ हो,” अरब लिगका प्रमुख अहमद अबुल घेइतले शुक्रबार बताए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पठाएको पत्रमा अरब लिगले इजरायलले प्रतिशोधको नृशंस कार्य गरेको आरोप पनि लगाइएको छ ।

इजरायली भूमिमा हमासका लडाकूहरूले गरेको घातक आक्रमणलाई अन्त्य गर्ने ‘योजनाबद्ध वा अध्ययन गरिएको सैन्य अभियान’ को सट्टा गाजामा असहाय नागरिकलाई सजाय दिइएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : ४९ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक