शान्ति र भातृत्व कायम गर्न भारतीय प्रधानमन्त्री मोदीको आह्वान | Khabarhub Khabarhub

शान्ति र भातृत्व कायम गर्न भारतीय प्रधानमन्त्री मोदीको आह्वान


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैखाले आतङ्कवाद मानवताको विरुद्धमा रहेको जनाएका छन् । यशोभूमिमा आयोजित नवौँ पी २० सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आतङ्कवाद मानवताको विरुद्धमा रहेको उल्लेख गरेका हुन् ।

हाल जारी हमास इजरायल युद्धप्रति सङ्केत गर्दै गर्दै प्रधानमन्त्री मोदीले शान्ति र भातृत्व कायम गर्न युद्धरत पक्षलाई आह्वान गरेका छन् ।

यसअघि उनले प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको इजरायलमाथि गरेको आतङ्ककारी आक्रमणको निन्दा गरेका थिए ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (यसअघिको ट्विटर) मा इजरायलमाथि हमासको आक्रमणपछि आफ्नो देश इजरायल ऐक्यबद्धताका साथ उभिएको उल्लेख गरे ।

इजरायलमा आतङ्कवादी हमलाको खबरबाट आफू स्तब्ध भएको भन्दै उनले आफूहरु इजरायलको साथमा रहेको जनाएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ५५ बजे

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’

भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प

काठमाडौं– भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्प गएको छ।

रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु

काठमाडौं – रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु भएको

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए पत्र

काठमाडौं – प्रहरी समायोजनको माग गर्दै सात प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प