एकदिवसीय विश्वकप : न्यूजिल्याण्डको लगातार तेस्रो जित | Khabarhub Khabarhub

एकदिवसीय विश्वकप : न्यूजिल्याण्डको लगातार तेस्रो जित


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार तेस्रो जित निकालेको छ । उसले पहिलो खेलमा इंग्ल्याण्डलाई ९ विकेट तथा दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९९ रनले हराएको थियो ।

तेस्रो खेलमा बंगलादेशलाई न्यूजिल्याण्डले आठ विकेटले हरायो । शुक्रबार चेन्नईमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर ४२.५ ओभरमा पछ्यायो ।

न्यूजिल्याण्डका डारियल मिचेलले ६७ बलमा ६ चौका र ४ छक्कासहित अविजित ८९ रनको इनिङ खेले । यस्तै, कप्तान केन विलियम्सन ७८ रनमा रिटायर्ट हर्ट भए । डेभन कन्वेले ४५ र ग्लेन फिलिप्सले अविजित १६ रन जोडे । बंगलादेशका लागि मुस्तफिजुर रहमान र शाकिव अल हसनले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४५ रन बनायो । बंगलादेशका लागि मुश्फिकुर रहीमले ६६, महमुदूल्लाहले अविजित ४१, कप्तान शाकिव अल हसनले ४०, मेहदी हसन मिराजले ३० रन बनाए । न्यूजिल्याण्डका लागि लकी फर्गुसनले तीन, म्याट हेनरी, ट्रेन्ट बोल्टले दुईरदुई, मिचेल सान्टनर र ग्लेन फिलिप्सले एकरएक विकेट लिए ।

यो जितसँगै न्यूजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १० : २२ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार