एकदिवसीय विश्वकप : न्यूजिल्याण्डको लगातार तेस्रो जित « Khabarhub

एकदिवसीय विश्वकप : न्यूजिल्याण्डको लगातार तेस्रो जित


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार तेस्रो जित निकालेको छ । उसले पहिलो खेलमा इंग्ल्याण्डलाई ९ विकेट तथा दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९९ रनले हराएको थियो ।

तेस्रो खेलमा बंगलादेशलाई न्यूजिल्याण्डले आठ विकेटले हरायो । शुक्रबार चेन्नईमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य न्युजिल्याण्डले २ विकेट गुमाएर ४२.५ ओभरमा पछ्यायो ।

न्यूजिल्याण्डका डारियल मिचेलले ६७ बलमा ६ चौका र ४ छक्कासहित अविजित ८९ रनको इनिङ खेले । यस्तै, कप्तान केन विलियम्सन ७८ रनमा रिटायर्ट हर्ट भए । डेभन कन्वेले ४५ र ग्लेन फिलिप्सले अविजित १६ रन जोडे । बंगलादेशका लागि मुस्तफिजुर रहमान र शाकिव अल हसनले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४५ रन बनायो । बंगलादेशका लागि मुश्फिकुर रहीमले ६६, महमुदूल्लाहले अविजित ४१, कप्तान शाकिव अल हसनले ४०, मेहदी हसन मिराजले ३० रन बनाए । न्यूजिल्याण्डका लागि लकी फर्गुसनले तीन, म्याट हेनरी, ट्रेन्ट बोल्टले दुईरदुई, मिचेल सान्टनर र ग्लेन फिलिप्सले एकरएक विकेट लिए ।

यो जितसँगै न्यूजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १० : २२ बजे

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने