चिसो मौसममा किन हुन्छ निमोनिया ? « Khabarhub

चिसो मौसममा किन हुन्छ निमोनिया ?

निमोनियाको रोकथाम, बच्ने उपाय र उपचार


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

चिसो बढेसँगै सामान्य रुघाखोकी, मौसमी फ्लु बढेको छ। यसैमा निमोनियाको सङ्क्रमण पनि त्यत्तिकै मात्रामा बढिरहेको छ। निमोनियाको सङ्क्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ। निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको सङ्क्रमण हो। जसमा फोक्सोका कोष सङ्क्रमित भएर सुनिन्छन् अनि श्वासप्रश्वासमा समस्या हुन्छ। निमोनिया धेरैजसो सूक्ष्म कीटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसले गराउँदछन्। समयमा निमोनियाको उपचार नहुँदा धेरै बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य हो। निमोनिया हुँदा के के कुरामा ध्यान दिने ? जटिल निमोनियाका लक्षण के के हुन् ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि श्वासप्रश्वास रोग विशेषज्ञ डा. सुबोध सागर ढकालसँग गरिएको कुराकानीको सम्पादित अंशः

निमोनिया कस्तो प्रकारको सङ्क्रमण हो ?
साधारण भाषामा बच्चाको छातीमा हुने ‘इन्फेक्सन’लाई निमोनिया भनिन्छ। निमोनिया जाडोमा धेरै हुन्छ। यो बालबालिका र ६० वर्ष माथिका वृद्धवृद्धामा धेरै हुन्छ। चिसो मौसममा भाइरस एकबाट दुई र दुईबाट चार भएर धेरै बढ्छ। चिसो हावाले पनि श्वासको नलीलाई सुख्खा बनाउँछ। श्वास फेर्न गाह्रो हुन्छ। बालबालिका र वृद्धमा जस्तो धेरै नभए पनि यो समस्या युवामा पनि हुन्छ।

निमोनिया भएको भनेर कसरी थाहा पाउन सकिन्छ ?
निमोनिया सूक्ष्म कीटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र ढुसीले गराउँछ। बच्चालाई ज्वरो आएको छ, छिटोछिटो श्वास फेर्दछ भने निमोनिया भएको शंका गर्न सकिन्छ। एक वर्ष भन्दा सानो बच्चाले एक मिनेटमा ६० पटक भन्दा कम श्वास फेर्नु पर्दछ। दुई वर्ष भन्दा मुनिको बच्चालाले ५० पटक भन्दा कम श्वास फेर्नुपर्छ र दुई वर्ष भन्दा माथिको बच्चाले ४० पटक भन्दा कम श्वास फेर्नु पर्दछ। शिशुले छिटोछिटो श्वास फेर्यो भने निमोनिया भएको शंका गर्न सकिन्छ।

निमोनियाका लक्षण के के हुन् ?
निमोनिया हुँदा शिशुलाई खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुन्छ। छिटोछिटो श्वास फेर्ने, छातीमा घ्यारघ्यार हुने समस्या देखिन्छ। निमोनिया भएपछि बालबालिकाले खानेकुरा खान सक्दैनन्। शरीरमा कम्पन हुने, शरीरको तापक्रम कम हुने, बेहोस हुने, नङ वा ओठ निलो भएमा निमोनियाको लक्षण मान्नुपर्छ।

चिसोको कारण निमोनिया हुने हो ?
चिसो कै कारणले त हुने होइन। तर चिसोमा हुने हो। त्यसैले चिसोको समयमा बिहान बेलुका बाहिर जानु हुँदैन। बिरामीलाई यो जाडो मौसममा ‘मर्निङ वाक’ जान दिनु हुँदैन। घरमा नै बसेर योगा र अन्य व्यायाम गर्दा राम्रो हुन्छ।

निमोनिया भएर अस्पतालमा भर्ना भएपछि उपचार कसरी हुन्छ ?
निमोनिय भाइरस र ब्याक्टेरियाका कारण हुन्छ। सबैभन्दा पहिला के कारणले भएको हो भनेर पत्ता लगाउनुपर्छ। यदि ब्याक्टेरियाको कारणले भएको निमोनिया हो भने त्यसलाई एन्टीबायोटिक दिएर निको गराइन्छ। भाइरल निमोनिया हो भने त्यसलाई एन्टी भाइरल दिइन्छ। हरेक बिरामीले आफूलाई कुन किसिमको निमोनिया भएको हो भनेर पहिला जाँच गर्नुपर्छ। ब्याक्टेरीयल निमोनिया हो भने खकार जाँच गर्नुपर्छ।

निमोनिया कसरी फैलन्छ ?
निमोनिया धेरै तरिकाबाट फैलन्छ। जसमा धेरैजसो बालबालिकाको नाक र घाँटीमा रहेका जीवाणुहरू श्वास फेर्दा वा कुनै माध्यमले फोक्सोमा पुगे भने फोक्सोमा सङ्क्रमण हुन्छ। खोक्दा हावाको माध्यमबाट फोक्सोमा पुगेर सङ्क्रमण गराउने सम्भावना रहन्छ। वातावरणमा भएका धुलो, धूम्रपान र भीडभाडमा बसोबास गर्नेहरूलाई पनि निमोनिया धेरै हुन्छ।

प्रदूषणले निमोनिया बढ्ने हो ?
प्रदूषणले पनि निमोनिया बढ्ने गर्छ। प्रदूषण भनेको विश्व भरी नै जाडोमा बढ्छ। अहिले वायुमण्डलमा धेरै फोहोरहरू गएर बसेको हुन्छ। जाडो महिनामा हावाको गति कम भएको कारणले त्यो प्रदूषणले हाम्रो श्वासको नली सुख्खा भएर खकार आउँदैन र शरीर भित्रको फोहोर फाल्न सक्ने शक्ति कम हुन्छ।

निमोनिया भएको बेला हामीले घरमा के गर्न सकिन्छ ?
निमोनिया भएको छ भने धेरै कुराको ख्याल गर्नुपर्छ। सामान्य अवस्था भए घरमै निको हुन्छ। यदि ६५ वर्ष भन्दा माथिको बिरामी हुनुहुन्छ भने भर्ना गरेर नै उपचार गर्नुपर्छ। हामी त्यसमा स्कोरिङ गर्छौँ। निमोनियाको स्कोरिङ हुन्छ। जस्तोः ०/५, १/५, २/५ भन्ने हुन्छ। २/५ भन्दा तल छ भने हामी घरमा नै राखेर उपचार गर्छौँ। त्यो भन्दामाथि छ भने आईसियुमा राखेर उपचार गर्छौँ। एक पटक निमोनिया भएपछि ७ देखि १० दिनको एन्टिबायोटिक चाहिन्छ। यो सानो, वयस्क वृद्धमा फरक फरक कीटाणु हुन्छ। त्यसैले सबैको उपचार फरक हुन्छ। चिकित्सकले बिरामीलाई यस्तो हो भनेर बुझाउन नसक्दा पनि यो समस्या ठुलो भएको छ।

यो समस्या हुन नदिन के गर्ने ?
इन्फुएन्जा भ्याक्सिन सबैले लगाउनुपर्छ। हाम्रोमा ६० वर्ष कटेकोले लगाउने भन्ने छ त्यो होइन। इन्फुएन्जा भ्याक्सिनले स्वयम् फ्लुहरू लगायतका रोगहरूबाट पनि ३० प्रतिशत बचाउँछ। यो लगाएपछि रोग लागे पनि कडा किसिमको लाग्दैन।

निमोनिया वा श्वासप्रश्वास सम्बन्धी कुनै समस्या नआओस् भनेर केके कुरामा ध्यान दिने त?
प्रमुख कुरा सरसफाइ नै हो। एक अर्को व्यक्तिसँग दुई मिटरको दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने, स्वस्थ खाना खाने र बिरामीलाई नभेट्नु नै यसबाट जोगिने उपाय हुन्। मास्क लगाउँदा मेडिकल मास्क नै प्रयोग गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ७ : ०७ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक