राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ | Khabarhub Khabarhub

राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहर बढेपछि सरसफाइ गरिएको छ ।

राप्ती नदी सरसफाइ अभियानले भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट गोलाघाटसम्मको नदी किनार क्षेत्रमा सरसफाइ गरेको हो ।

सरसफाइको क्रममा एक सय १२ बोरा फोहर सङ्कलन गरिएको राप्ती नदी सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिए ।

उनका अनुसार नदी किनारमा बढी मात्रामा पेय पदार्थका बोतल, सिसा र प्लाष्टिकजन्य वस्तु बढी भेटिएको छ । उनले भने, ‘दुलर्भ वन्यजन्तुको वासस्थान क्षेत्रमा जथाभावी फोहर फाल्दा उनीहरुलाई धेरै असर हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्छ ।’

राप्ती नदीको माथिल्लो क्षेत्रमा बस्ने मानिसले जथाभावी फोहर गर्दा जङ्गली जनावरलाई असर गरेको उनको भनाइ छ ।

उनले पवित्र राप्ती नदीको सभ्यता जोगाइ राख्न विभिन्न सङ्घ संस्थाका सहयोगमा सरसफाइ अभियान सञ्चालन गरिएको जानकारी दिए । पछिल्लो समय राप्ती नदीमा मानवीय क्रियाकलापको चाप बढ्दै जाँदा दूषित भइरहेको छ । 

‘यसलाई जोगाउन हामीले चार वर्षदेखि सरसफाइ अभियान जारी राखेका छौँ’, उनले भने, ‘यसलाई थप विस्तार गर्न शनिबार सबैभन्दा लामो दूरीमा पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ गरेका हौँ ।’

राप्ती नदी भरतपुर महानगरपालिकाको–२८ नम्बरस्थित गोलाघाट पुगेपछि नारायणीमा मिसिन्छ । सो कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, जनप्रतिनिधि, नेपाली सेना, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र संरक्षणकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ७ : ०६ बजे

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ

विश्व पौडेलको छलाङ : देउवा परिवारसँग ‘कनेक्सन’को कमाल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको

पूर्वराष्ट्रपति भण्डारीबाट बुद्धजयन्ती र उँभौली पर्वको शुभकामना 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करुणा, अहिंसा र शान्तिले मात्रै

बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । २५६९औँ

राष्ट्रपति पौडेलबाट बौद्धस्थित गुम्बामा पूजा, आराधना (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले २५६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ