राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ « Khabarhub

राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहर बढेपछि सरसफाइ गरिएको छ ।

राप्ती नदी सरसफाइ अभियानले भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट गोलाघाटसम्मको नदी किनार क्षेत्रमा सरसफाइ गरेको हो ।

सरसफाइको क्रममा एक सय १२ बोरा फोहर सङ्कलन गरिएको राप्ती नदी सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिए ।

उनका अनुसार नदी किनारमा बढी मात्रामा पेय पदार्थका बोतल, सिसा र प्लाष्टिकजन्य वस्तु बढी भेटिएको छ । उनले भने, ‘दुलर्भ वन्यजन्तुको वासस्थान क्षेत्रमा जथाभावी फोहर फाल्दा उनीहरुलाई धेरै असर हुने हुँदा सरसफाइमा ध्यान दिनुपर्छ ।’

राप्ती नदीको माथिल्लो क्षेत्रमा बस्ने मानिसले जथाभावी फोहर गर्दा जङ्गली जनावरलाई असर गरेको उनको भनाइ छ ।

उनले पवित्र राप्ती नदीको सभ्यता जोगाइ राख्न विभिन्न सङ्घ संस्थाका सहयोगमा सरसफाइ अभियान सञ्चालन गरिएको जानकारी दिए । पछिल्लो समय राप्ती नदीमा मानवीय क्रियाकलापको चाप बढ्दै जाँदा दूषित भइरहेको छ । 

‘यसलाई जोगाउन हामीले चार वर्षदेखि सरसफाइ अभियान जारी राखेका छौँ’, उनले भने, ‘यसलाई थप विस्तार गर्न शनिबार सबैभन्दा लामो दूरीमा पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ गरेका हौँ ।’

राप्ती नदी भरतपुर महानगरपालिकाको–२८ नम्बरस्थित गोलाघाट पुगेपछि नारायणीमा मिसिन्छ । सो कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, जनप्रतिनिधि, नेपाली सेना, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र संरक्षणकर्मीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ७ : ०६ बजे

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ : सभापति थापा

सुदूरपश्चिम– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

पाटन– बेलायतमा बसोबास गर्दै आएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज–  बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँले न्यायसम्पादनमा ढिलाइ हुँदा कतिपय

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा