स्पेनिस ला लिगा : बार्सिलोनाको पुनरागमन जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको पुनरागमन जित


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक पुनरागमन जित निकालेको छ । आइतबार घरेलु मैदान सेन्ट मोन्टजुइक स्टेडियममा भएको खेलमा डेर्पोटिभो आलाभेसलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेका थिए । यसअघि आलाभेसका सामु ओमोरोडियनले एक गोल गरेका थिए ।

खेल सुरु भएको १८ सेकेन्डमै ओमोरोडियनले आलाभेसका लागि सुरुवाती गोल गरेका थिए । तर ५३औँ७८औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुनरागमन जित दिलाए ।

यो जितसँगै १३ खेलबाट ३० अंकसहित बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको आलाभेस १२ अंकका साथ १५औँ स्थानमा छ ।

अहिलेसम्म ३४ अंक भएको जिरोना शीर्षस्थानमा छ भने रियल मड्रिड ३२ अंकसहित दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ८ : १९ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका