वालुङ समुदायले फुटुक पर्व मनाए « Khabarhub

वालुङ समुदायले फुटुक पर्व मनाए


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको फक्तालुङ गाउँपालिका-७ हिमाली बस्ती ओलाङचुङ्गोलामा वालुङ समुदायले मात्र मनाउने फुटुक पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् । कृष्णपक्षको द्वितीयादेखि सुरु हुने पर्व औँसीका दिन समापन गरिन्छ । 

यो पर्व परापूर्वकालदेखि ताप्लेजुङको आलाङचुङ्गोलाका वालुङ समुदायले मात्र मनाइँदै आएका छन् । पर्व अवलोकनका लागि विदेशी पाहुनासमेत यहाँ आएका पर्व कार्यक्रम संयोजक टाँसी शेर्पाले बताए। उनका अनुसार बेल्जियमबाट पाँच जना नागरिक आएका थिए ।

‘अघिल्लो वर्षमा एक जना आएका थिए । उनलाई यो पर्व मन परेपछि यस वर्ष साथीहरु पनि लिएर आएका हुन्’, शेर्पाले भने। उनका अनुसार पर्व अवलोकनका लागि याङ्मा, घुन्सा, लुङ्थुङ, लेलेप, सेकाथुमलगायत बस्तीबाट स्थानीयको उपस्थिति थियो ।

फक्तालुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू, उपाध्यक्ष विकास साम्रा, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकवीर हाङ लिम्बूलगायतको टोली फुटुक पर्व मनाउन ओलाङ्चुङ्गोला पुगेको थियो ।

पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्नुका साथै देव नृत्यसमेत देखाउने गरिन्छ । चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने प्रचलन रहेको गाउँपालिकाका अध्यक्ष लिम्बूले जानकारी दिए। उनका अनुसार घ्यू र तेल लगाइ आगो बालेर आगोको रापलाई गुम्बाको धुरी कटाउँदै आज फुटुक पर्वको समापन गरिन्छ । यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने वालुङ जातिको विश्वास छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन् ।

लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता र राक्षसबीचको युद्धको अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने प्रचलन रहेको स्थानीयको भनाइ थियो । गाउँलेले रकम जुटाएर मनाइँदै आइएको यो पर्व अहिलेसम्म कुनै वर्ष रोकिएको छैन ।

फुटुकमा नयाँ कपडा फेर्ने, मीठोमसिनो बनाएर खाने प्रचलन छ । ओलाङचुङ्गोलामा करिब चार सय वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक दिकिछ्योलिङ गुम्बा छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेषरूपले मनाइँदै आइएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।

चीन र नेपालको सिमानाका नजिकै रहेको ओलाङचुङ्गोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्दछ । ऐतिहासिक महत्व भएकाले यो पर्वलाई संरक्षण र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने योजना बनाइएको भन्दै गाउँपालिकाका अध्यक्ष लिम्बूले पालिकाले यसका लागि आर्थिक सहयोग गर्ने जानकारी दिए। उनका अनुसार यस गाउँमा ५५ घरधुरी छन् । यो गाउँ सदरमुकामबाट सवारीसाधन र हिँडेर गरी एक दिनमा पुगिन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १ : ३२ बजे

क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २४औँ खेलमा मुम्बई

रानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

पेरिस – तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट

एमालेद्वारा वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

कांग्रेसले भन्यो : कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की

बालबालिकाको पहिचान सार्वजनिक नगर्न अदालतको अन्तरिम आदेश

नेपालगन्ज – उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा