काठमाडौँ – सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । प्राविधिक तयारीपछि आजैदेखि टिकटक बन्द गर्ने सरकारी निर्णय छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजमा विकृति बढाएको भन्दै नेपालमा टिकटक चलाउन नदिने निर्णय गरेको हो । आज सार्वजनिक मन्त्रिपरिषद्काे औपचारिक निर्णयमा टिकटक बन्दको विषय समावेश नभए पनि बैठकले आजै देखि बन्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय लिएको एक मन्त्रीले खबरहबलाई बताए ।
‘क्याबिनेटले टिकटक बन्द गर्ने निर्णय गरेको छ, उनले भने ‘अब टिकटकका कर्मचारीलाई औपचारिक निर्देशन दिए पछि केही घण्टामा नेपाल टेलिकमले औपचारिक सुचना प्रकाशित गर्ने छ ।’
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय-भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने