महेन्द्रपुल-पृथ्वीचोक सडक कालोपत्र  « Khabarhub

महेन्द्रपुल-पृथ्वीचोक सडक कालोपत्र 


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखराको मुख्य बजार महेन्द्रपुल–पृथ्वीचोक सडक ‘अस्फाल्ट’ प्रविधिको प्रयोग गरी कालोपत्र गरिएको छ । अमेरिकन प्रविधि ‘अस्फाल्ट’को प्रयोग गरी महेन्द्रपुल–नयाँबजार हुँदै पृथ्वीचोकसम्मको सडक कालोपत्र गरिएको पोखरास्थित सडक डिभिजन कार्यालयले जनाएको छ ।

करिब डेढ किलोमिटर सडक रू पाँच करोड लागतमा कालोपत्र सम्पन्न गरिएको कार्यालयका ओभरसियर रमेशराज पौडेलले जानकारी दिए। अस्फाल्टबाट कालोपत्र गर्दा बलियो हुने भएकाले लागत पनि बढी भएको उनको भनाइ थियो । महेन्द्रपुल–पृथ्वीचोक खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेपछि सवारी चलाउन सहज भएको चालकहरूको भनाइ छ ।  

अस्फाल्ट पिच गर्दा चार सेन्टिमीटर मोटाइको पिच हुनुपर्ने भन्दै स्थान हेरेर चारदेखि १० सेमिसम्मको मोटाइमा कालोपत्र गरिएको पौडेलले जानकारी दिए। उनका अनुसार पोखराका अन्य सडकसमेत यही प्रविधिमा कालोपत्र गरिएका छन् ।

 यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर वर्षेनी सडक जीर्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले क्षेत्र विभाजन गरी मुख्य सहरी क्षेत्रअन्तर्गत करिब २५ किमी सडकलाई अस्फाल्ट प्रविधिबाट कालोपत्रको योजना अघि बढाएका थिए । 

    प्रदेश सरकारले मुस्ताङचोक, सहिदचोक, हल्लनचोक हुँदै जिरो किमीसम्मको पाँच किमी एक सय ५० मिटर सडक कालोपत्र यसअघिनै सम्पन्न गरेको छ । पोखरामा पानी धेरै पर्ने भएकाले सडक छिटो जीर्ण हुने भएकाले यो प्रविधिको प्रयोग गर्न थालिएको सडक डिभिजन कार्यालयका ओभरसियर पौडेलले बताए। यसबाट सडक स्तरोन्नति गर्दा पाँचदेखी सात वर्षसम्म टिकाउ हुने उहाँको भनाइ थियो ।

  ‘अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ । यातायातको बढी चाप हुने र पानी परिरहने पोखराजस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ’, पौडेलले भने, ‘हामीले पोखराको विरौटादेखी पृथ्वीचोक र छोरेपाटनदेखी विरौटासम्म अस्फाल्टका लागि ठेक्का लगाएका छौँ ।’

  पर्यटकीय क्षेत्र लेकसाइड, न्यूरोड, चिप्लेढ्ङ्गा, बागलुङ राजमार्गअन्तर्गत जिरो किमीदेखि विन्ध्यवासिनीसम्मको सडक पहिलो पटक अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  २ : ११ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने