अलपत्र बागलुङ-म्याग्दी सडक निर्माणलाई गति दिइने « Khabarhub

अलपत्र बागलुङ-म्याग्दी सडक निर्माणलाई गति दिइने


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले अलपत्र अवस्थामा रहेका बाग्लुङको गल्कोट–हरिचौर–हिल–तारा हुँदै म्याग्दी जोड्ने सडकका ठेकेदारलाई काममा फर्काउन मन्त्रालयले पहल गरिएको बताएका छन् ।

अर्गल सांस्कृतिक विकास मञ्चले ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा आइतबार ताराखोला गाउँपालिकाको अर्गलमा आयोजना गरेको कार्यक्रममा मन्त्री जुग्जालीले गलकोट ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडकको दोस्रो खण्डको काम यसै आर्थिक वर्षमा ठेक्का लगाउने तयारी भएको जानकारी दिए।

‘अलपत्र अवस्थामा रहेको गलकोटदेखि ताराखोलाको घुस्मेली जोड्ने सडकका ठेकेदारलाई काममा फर्काउन मन्त्रालय तहबाट ताकेता गरेका छौँ’, उनले भने, ‘काम अघि नबढाए कालोसूचीमा राखेर कारबाही गर्न सिफारिस गर्ने र ठेक्का तोड्ने तयारी गरेका छौँ । ठेकेदारले तिहारलगत्तै काममा फर्कने प्रतिबद्धता जनाएको छ ।’

गलकोटको गौदीखोला पुलदेखि नगरपालिकाको कार्यालयअघि हुँदै ताराखोलाको घुस्मेलीसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि लागि विसं २०७६ मा रू २४ करोडमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले हालसम्म उक्त खण्डअन्तर्गत ३० प्रतिशत मात्र काम गरेको मन्त्री जुग्जालीले जानकारी दिए।

सडक कालोपत्रमा ढिलाइ हुँदा गलकोट–५ र ६ तथा ताराखोला–१ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन् । मन्त्री जुग्जालीले २४ किलोमिटर दूरीको गलकोट ताराखोला रुम रणनीतिक सडकको दोस्रो खण्डमा पर्ने घुस्मेली करिमेला खण्डको सडक कालोपत्रसहित स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रू १५ करोडको ठेक्का आह्वान गर्ने तयारी भएको जानकारी दिए।

‘पहिलो खण्डलाई गतिदिने र चालु आवमा रू तीन करोड विनियोजन भएको दोस्रो खण्डका लागि रू १५ करोड बराबरको ठेक्का लगाउन प्रदेश सरकारले छनोट गरेको छ’, उनले भने, ‘ताराखोलाकै रानीवासमा पक्की मोटरेबल पुल बनाउन ठेक्का आह्वान हुँदैछ । यो पुललाई यस वर्ष रू एक करोड २० लाख विनियोजन भएको छ ।’

चालुु आवमा रू ५०र५० लाख बजेट विनियोजन भएको ताराखोलाको सहिद मार्ग र सिर्फु हुुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नतिलगायत योजनालाई निरन्तरता दिने मन्त्री जुग्जालीले प्रतिबद्धता जनाए। ‘घुस्मेली हुँदै गाउँपालिकाको केन्द्र अर्गल जोड्ने सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले प्राथमिकता दिन्छ’, उनले भने, ‘स्थानीयरुपमा जग्गाको व्यवस्थापन गर्नुहोस् । अर्गलको खेलमैदान विस्तार र पूर्वाधार निर्माणका लागि बजेट व्यवस्थापन गर्नेछौँ ।’

ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक (हिमाल)ले ताराखोलालाई केन्द्र बनाएर गलकोट र म्याग्दी जोड्ने दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने रणनीतिक सडक निर्माणलाई गति दिन ठेकेदारलाई काममा फर्काउन प्रदेश सरकारसँग समन्वय र सहजीकरण गरिएको बताए। उनले भौतिक मन्त्रालयबाट चालु आवमा ताराखोलाका १२ योजनाका लागि रू ११ करोड बजेट भित्रिएको जानकारी दिए।

कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्तीले पाँच सय वर्ष पुरानो भुस पोल्ने पर्वको महत्व र विशेषताका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ३ : ४१ बजे

गणेश पराजुलीको अभिव्यक्तिबारे बारको आपत्ति, न्यायालयको मानमर्दन नगर्न चेतावनी

काठमाडौं- नेपाल बार एशोसिएशनले प्रतिनिधिसभाको बैठकमा न्यायालयको मानमर्दन हुने अभिव्यक्ति

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण संकलन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की

अर्थसंक्षेप : नीति-कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित, नेप्से सामान्य अंकले घट्यो र ट्राफिक कारबाहीबाट राजस्व बढ्दै

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहितआगामी आर्थिक वर्षका लागि