कृषिमा आत्मनिर्भर बन्दै बैतेश्वर यवोका स्थानीय « Khabarhub

कृषिमा आत्मनिर्भर बन्दै बैतेश्वर यवोका स्थानीय


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

दोलखा– केही वर्ष अघिसम्म बैतेश्वर यवोका धेरै स्थानीय दैनिक गुजारा चलाउन ज्याला मजदुरी गर्न भारत जाने गर्थे। तर हिजोआज यहाँका स्थानीयको दिनचर्या फेरिएको छ् । गाउँ स्थानीय कृषि सहकारीले कृषिमा लगानी गर्न थालेसँगै यवोका स्थानीयको दैनिकमा परिवर्तन आएको हो। 

चारैतिरबाट पहाड र बनजङ्गलले घेरेको बैतेश्वर गाउँपालिकाकै उच्च ठाउँमा पर्ने साविक क्षेत्रपा गाविस वडा नम्बर-९ यवो गाउँ कृषि उत्पादन र व्यवसायीक पशुपालनको हिसाबले पालिकाकै पहिलो  गाउँ बन्न सफल भएको छ्। यवोका ९३ जना घरधुरी किसानले यस वर्ष आलय बिक्रीबाट एक करोड ६८ लाख आम्दानी गरेका छन्। आलु उत्पादनको हिसाबले उर्वरभूमि मानिने यवोबाट मात्रै यस वर्ष १ करोड ६८ लाखको आलु बिक्री भएको जनप्रेमी कृषि सहकारी संस्थाका अध्यक्ष टीकाबहादुर खत्रीले बताए। 

संस्थाले उत्कृष्ट आलू किसानलाई सम्मान गर्दै सो कुरा बताएको हो । सहकारीले आलु खेती गर्ने किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन थालेपछि आलु खेती विस्तार हुँदै गएको उनले बताए । अध्यक्ष खत्रीले यवोका ९३ जना किसानले यस वर्ष ३ लाख ५२ हजार ३० केजी आलु काठमाडौं निर्यात गर्दै १ करोड ६८ लाख आम्दानी गरेको सुनाए। त्यस्तै उनले आलुसँगै दूधमा पनि यवो आत्मनिर्भर बन्दै गएको छ ।

 सहकारीको मासिक रिपोर्ट अनुसार ४० लाख ३२ हजार दूधबाट आम्दानी गर्न सफल भएका छन्। यस गाउँका किसानले सहकारीको सहयोग पाएपछि कृषिलाई आम्दानीको मुख्य स्रोत बनाएको स्थानीय किसान शिव बहादुर कार्कीले बताए। कार्की यवोमा सबैभन्दा बढी आलु तथा दूध उत्पादन गरेर चौधौंपटक सम्मानित भैसकेका किसान हुन्। उनले यस वर्ष पनि ४ लाख ५० हजारको आलु उत्पादन गरेर सहकारीबाट चौधौंपटक सम्मान थापेको बताए। यस वर्ष १३ हजार ८ सय ३७ केजी आलु फलाएका थिए। त्यस्तै उनले दुधबाट पनि राम्रो आम्दानी गरेको बताए । 

दुध बेचेर करिब २ लाख आम्दानी गरेको सुनाए। लम्की स्किन रोगले गाई मरेका कारण दुध उत्पादन हिजोआज केही कमी भएपनि पुनः गाई किनेर ल्याउने सोच बनाएको किसान कार्कीले बताए। त्यस्तै दोस्रो सबैभन्दा बढी आलु फलाउने किसानको रूपमा सोही गाउँका राम चन्द्र कार्की सम्मानित भएका छन्।

कार्की ३ लाख ३५ हजार बराबरको आलु उत्पादन गरेका छन् भने, ‘तेस्रो सम्मान सोही गाउँका पदम माया जिरेल र चौधौं आलु किसानको रूपमा युकेन जिरेल लाई बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले सम्मान गरेका थिए।

कृषकलाई सम्मान गर्दै पालिका अध्यक्ष लामाले पालिकाले यवोका पशुपालन दुध उत्पादक किसानलाई प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान दिँदै आएको बताए। उनले यस वर्षको हिउँदे अधिवेशनमा आलु पकेट कार्यक्रमको लागी अनुदान दिने तथा आगामी वर्ष आलुको बिउ  भण्डार गर्ने संकलन उपज केन्द्र निर्माण गर्ने बताए। 

-सुबास बस्नेत

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ४ : २६ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने