भरतपुरको वागेश्वरीमा सामूहिक गाई पूजा | Khabarhub Khabarhub

भरतपुरको वागेश्वरीमा सामूहिक गाई पूजा


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भरतपुर– भरतपुरको वागेश्वरीमा तीन दिने सामूहिक गौः पूजा थालिएको छ । योगी नरहरिनाथ गौः संरक्षण केन्द्रको आयोजनामा  सामूहिक गौः पूजा सुरु गरिएको हो । 

लक्ष्मी पूजा तथा गोबद्र्धन पूजाको अवसरमा विगत वर्षमा जस्तै यसवर्ष पनि वागेश्वरीमा गौः पूजा गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए। पहिलो दिन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाटधामका पिठाधीष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गौः आरती गरेर गौः पूजाको सुरुवात गरे । सो अवसरमा उनले एक दिन मात्र गाईको संरक्षण गरेर नहुने र सधैँ पूजा गर्नुपर्नेमा जोड दिए । 

सामूहिक गौः पूजा यही कात्तिक २८ गतेसम्म हुनेछ । वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौः पूजा गर्न थालिएको हो । गाईको वैदिकरुपबाट पूजा गरिने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए । यहाँ सामूहिक गौः पूजासँगै गोबद्र्धन पर्वत बनाएर पूजा गरिन्छ । पवित्र तीर्थस्थल देवघाटधाम प्रवेश मार्गमा रहेको वागेश्वरीमा दुई सयभन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ । दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले बताए।

यहाँ गाईको रेखदेखका लागि नौ कर्मचारी खटिएका छन् । योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सात गाई लिएर आएका थिए । उक्त सङ्ख्या बढेर अहिले दुई सय पुगेको छ । 

गौः पूजाको अवसरमा योगी नरहरिनाथ गौः संरक्षण केन्द्रका संस्थापक संरक्षक कृष्णहरि देवकोटा, पूर्वअध्यक्ष टङ्कनाथ पौडेल, निवर्तमान संयोजक रामु बस्ती, गौः संरक्षण अक्षय कोष अभियानका अध्यक्ष उमाशंकर अग्रवाललगायतलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ५ : ११ बजे

पछिल्लो साता ६४ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या १ हजार ९ सय नाघ्यो

काठमाडौं– पछिल्लो एक सातामा देशभर ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि

साउन १ गतेदेखि सबै सार्वजनिक निकायले विद्युतीय भुक्तानी अनिवार्य गर्नुपर्ने

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको सुरुवात साउन १ गतेदेखि

मौद्रिक नीति सकारात्मक : नेपाल चेम्बर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि

शंकर पोखरेलविरुद्ध आक्रमक कर्ण थापा- अध्यक्ष ओलीलाई गुमराहमा राखेर आफैं मुखिया बन्न खोजेको आरोप

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पछिल्लो समय

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनः स्थापनामा सांसदको जोड

काठमाडौं– सांसदहरूले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा