लक्ष्मीमाताको रुपमा गरियो गाई पूजा « Khabarhub

लक्ष्मीमाताको रुपमा गरियो गाई पूजा


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज गाईको विधिपूर्वक पूजा आराधना गरी मीठामीठा खानेकुरा दिइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पुजिन्छ । गाईलाई लक्ष्मीमाताका रुपमा पनि सम्बोधन गरिन्छ । 

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसैले गाईलाई राष्ट्रिय जनावरका रुपमा पनि संविधानमै उल्लेख गरिएको छ । यसैले गाईलाई सम्मान गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

 गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन अर्थात् लक्ष्मीपूजाका दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । 

यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधियो ।

असहाय गाई बाच्छा संरक्षणस्थलमा सामूहिक गौ पूजा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटारस्थित असहाय गाई बाच्छा संरक्षणस्थलमा गाई तिहारका अवसरमा सामूहिक गौ पूजा गरिएको छ । संरक्षणस्थलमा करिब दुई सय छाडा छोडिएका गाई बाच्छा संरक्षण गरिएको हो । संरक्षणस्थलमा आज आयोजित कार्यक्रममा गाई पूजासहित देउसी भैलो पनि गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाल, बागमती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँललगायतको सहभागिता रहेको थियो ।

 पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एक सय रोपनी जग्गामा अभियानकर्मी पुडासैनीको नेतृत्वमा असहाय गाई बाच्छाको संरक्षण भइरहेको छ । गाईलाई दूध दिउञ्जेल घरमा राख्ने र दूध दिन छोडेपछि मन्दिर परिसर, नदी किनार, सार्वजनिकस्थल एवम् सडकमा छोड्ने क्रम बढ्न थालेपछि अभियानकर्मी छाडा गाई बाच्छाको संरक्षणमा जुटेका हुन् । 

बाच्छीलाई घरमै राख्ने र बाच्छालाई सानैमा छाडा छोड्ने गरिएको छ । यस्तो प्रवृत्तिका विरुद्ध अभियानकर्मीले चेतना पनि जगाउँदै आएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : ५० बजे

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट, सङ्घीयता कार्यान्वयनका चुनौतीबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट