टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक : सांसद सूर्य थापा | Khabarhub Khabarhub

टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक : सांसद सूर्य थापा


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक रहेको बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद थापाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । थापाले विज्ञप्तिमा सरकारको यो निर्णयले ’जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ भन्ने नेपाली भनाइ व्यवहारमा चरितार्थ गर्न खोजेको प्रष्ट भएको जनाएका छन् ।

‘संसारभरी टिकटकले हासिल गरेको लोकप्रियताले नेपाली समाजलाई पनि अत्यन्त छोटो समयमै प्रभावित गरेको छ । नेपाली जनजीवनका बहुआयामिक क्षेत्रमा गहिरो गरी जोडिएर यो वैकल्पिक मिडियाका रूपमा स्थापित छ ।’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । टिकटकलगायत वैकल्पिक सञ्चारका साधनहरूलाई व्यवस्थित गर्नु अत्यावश्यक भएपनि मन्त्रिपरिषदले स्वेच्छाचारी रूपमा बन्द गर्ने निर्णय गरेर होइन, संसदबाट कानून बनाएरमात्रै यसो गरिनुपर्ने उनको भनाइ छ ।

उनले टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम नियमन गर्न, दर्ता भएर मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन मागसमेत गरेका छन् ।

सांसद थापाले विज्ञप्तिमा भनेका छन् ‘म प्रचण्डपथको प्रेत बोकेर बन्द समाजतर्फ उन्मुख हुँदै धुन्धुकारी बाटोमा अघि बढेको सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ७ : २७ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको