टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक : सांसद सूर्य थापा « Khabarhub

टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक : सांसद सूर्य थापा


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय खेदजनक रहेको बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि सांसद थापाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । थापाले विज्ञप्तिमा सरकारको यो निर्णयले ’जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिंड’ भन्ने नेपाली भनाइ व्यवहारमा चरितार्थ गर्न खोजेको प्रष्ट भएको जनाएका छन् ।

‘संसारभरी टिकटकले हासिल गरेको लोकप्रियताले नेपाली समाजलाई पनि अत्यन्त छोटो समयमै प्रभावित गरेको छ । नेपाली जनजीवनका बहुआयामिक क्षेत्रमा गहिरो गरी जोडिएर यो वैकल्पिक मिडियाका रूपमा स्थापित छ ।’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । टिकटकलगायत वैकल्पिक सञ्चारका साधनहरूलाई व्यवस्थित गर्नु अत्यावश्यक भएपनि मन्त्रिपरिषदले स्वेच्छाचारी रूपमा बन्द गर्ने निर्णय गरेर होइन, संसदबाट कानून बनाएरमात्रै यसो गरिनुपर्ने उनको भनाइ छ ।

उनले टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालहरूलाई कानुनबमोजिम नियमन गर्न, दर्ता भएर मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउन र करको दायरामा ल्याउन मागसमेत गरेका छन् ।

सांसद थापाले विज्ञप्तिमा भनेका छन् ‘म प्रचण्डपथको प्रेत बोकेर बन्द समाजतर्फ उन्मुख हुँदै धुन्धुकारी बाटोमा अघि बढेको सरकारलाई होसमा फर्केर जनविरोधी निर्णय अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउन चाहन्छु ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ७ : २७ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने