‘सलमान खान बलिउडमा सबैभन्दा छिटो डान्स स्टेप्स सिक्ने कलाकार’ « Khabarhub

‘सलमान खान बलिउडमा सबैभन्दा छिटो डान्स स्टेप्स सिक्ने कलाकार’


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- वैभवी मर्चेन्ट बलिउडकी चर्चित कोरियोग्राफर हुन् । मर्चेन्टले कयौँ चर्चित भारतीय फिल्ममा कोरियोग्राफी गरेकी छिन् ।

बलिउडमा सबैभन्दा छिटै नृत्य सिक्ने कलाकारहरू को को हुन् ? भनेर मर्चेन्टलाई सोधिएको थियो ।

मर्चेन्टले सबैलाई छक्कै पार्ने जवाफ दिएकी छिन् । उनका अनुसार सलमान खान आफ्नो डान्स स्टेप्स छिटै टिपिहाल्ने कलाकार हुन् ।

उनका अनुसार एक दुई पटक डान्स स्टेप्स हेरेपछि सलमान टेक लिऊँ भनिहाल्छन् रे । माधुरी दिक्षित र रानी मुखर्जीले पनि छिटै डान्स सिकिहाल्ने उनको भनाइ छ ।

यो सूचीमा ऋतिक रोशन पनि छन् । उनी भने छिटै आफ्नो स्टेप्स सिक्न निकै परिश्रम गर्छन् । ऋतिकजस्तै कट्रिना पनि सिक्न कठिन मेहनत गर्छिन् ।

मर्चेन्टका अनुसार प्रियंका चोपडाले पनि आफ्नो स्टेप्स छिटै क्याप्चर गर्छिन् ।

सलमानको विषयमा रमाइलो कुरा बताउनभन्दा उनले सलमानलाई छेपारो भनिन् । सलमानमा केही म्याजिक बटन जस्तो भएको अनि अचानक शरीर खुम्चने अचानक एकदम फिट हुने पनि भइहाल्ने बताइन् ।

‘कहिले उनी भर्खरै सुतेर उठेजस्तो देखिन्छन् । सलमानको शरीर छेपाँरो जस्तै छ । उनी शरीरलाई आफ्नो हिसाबले बदल्छन् । यो राम्रो कुरा पनि हो,’ मर्चेन्टले भनिन् ।

मर्चेन्टले जवानमा शाहरुख खानसँग पनि काम गरेकी थिइन् । उनीसँग काम गर्न निकै रमाइलो हुने सेटमा हरेक क्षण ठट्यौलीपूर्ण हुने उनले बताइन् । शाहरुख चार्मिङ पर्सन भएको र उनी आसपास हुँदा दिमागमा आफसे आफ गीत बज्न थाल्ने उनको भनाइ थियो ।

स्रोत- एएनआई

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ९ : ५० बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र