'सलमान खान बलिउडमा सबैभन्दा छिटो डान्स स्टेप्स सिक्ने कलाकार' | Khabarhub Khabarhub

‘सलमान खान बलिउडमा सबैभन्दा छिटो डान्स स्टेप्स सिक्ने कलाकार’


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- वैभवी मर्चेन्ट बलिउडकी चर्चित कोरियोग्राफर हुन् । मर्चेन्टले कयौँ चर्चित भारतीय फिल्ममा कोरियोग्राफी गरेकी छिन् ।

बलिउडमा सबैभन्दा छिटै नृत्य सिक्ने कलाकारहरू को को हुन् ? भनेर मर्चेन्टलाई सोधिएको थियो ।

मर्चेन्टले सबैलाई छक्कै पार्ने जवाफ दिएकी छिन् । उनका अनुसार सलमान खान आफ्नो डान्स स्टेप्स छिटै टिपिहाल्ने कलाकार हुन् ।

उनका अनुसार एक दुई पटक डान्स स्टेप्स हेरेपछि सलमान टेक लिऊँ भनिहाल्छन् रे । माधुरी दिक्षित र रानी मुखर्जीले पनि छिटै डान्स सिकिहाल्ने उनको भनाइ छ ।

यो सूचीमा ऋतिक रोशन पनि छन् । उनी भने छिटै आफ्नो स्टेप्स सिक्न निकै परिश्रम गर्छन् । ऋतिकजस्तै कट्रिना पनि सिक्न कठिन मेहनत गर्छिन् ।

मर्चेन्टका अनुसार प्रियंका चोपडाले पनि आफ्नो स्टेप्स छिटै क्याप्चर गर्छिन् ।

सलमानको विषयमा रमाइलो कुरा बताउनभन्दा उनले सलमानलाई छेपारो भनिन् । सलमानमा केही म्याजिक बटन जस्तो भएको अनि अचानक शरीर खुम्चने अचानक एकदम फिट हुने पनि भइहाल्ने बताइन् ।

‘कहिले उनी भर्खरै सुतेर उठेजस्तो देखिन्छन् । सलमानको शरीर छेपाँरो जस्तै छ । उनी शरीरलाई आफ्नो हिसाबले बदल्छन् । यो राम्रो कुरा पनि हो,’ मर्चेन्टले भनिन् ।

मर्चेन्टले जवानमा शाहरुख खानसँग पनि काम गरेकी थिइन् । उनीसँग काम गर्न निकै रमाइलो हुने सेटमा हरेक क्षण ठट्यौलीपूर्ण हुने उनले बताइन् । शाहरुख चार्मिङ पर्सन भएको र उनी आसपास हुँदा दिमागमा आफसे आफ गीत बज्न थाल्ने उनको भनाइ थियो ।

स्रोत- एएनआई

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ९ : ५० बजे

माओवादी नेता आङ्बोको गाडीको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं– माओवादी नेता तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र

प्रधानमन्त्री कार्कीले भनिन्- राष्ट्रिय परिचय पत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता गर्नुस्

काठमाडौं– नागरिकले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा

विश्वप्रकाशको चेतावनी : जेन–जी आन्दोलनको सन्देश नबुझे कांग्रेस झन् असान्दर्भिक हुँदै जान्छ

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनले दिएको

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना

काठमाडौं– तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हननका ५९ घटना भएका

‘जनतामा कांग्रेसप्रति भरोसा घट्यो, अब आश्वासन होइन, परिणाम दिन सक्नुपर्छ’

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले नयाँ राजनीतिक