उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न सकिन्न : रवीन्द्र मिश्र | Khabarhub Khabarhub

उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न सकिन्न : रवीन्द्र मिश्र


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उल्टो व्यवस्थाबाट सुल्टो बाटो हिँड्न नसकिने टिप्पणी गरेका छन् । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ इङ्गित गर्दै मिश्रले टिकटकका कारण नभई ‘प्रचण्डीकरण’ भएको ‘अग्रगमन’ को गलत भाष्यले नेपाली समाजको सद्भाव खलबलिएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘‘‘प्रचण्डीकरण’ भएको समाजमा ‘प्रचण्डपथगामी’ हरूका कारण यो देशको सामाजिक, धार्मिक, सांस्कृतिक, साम्प्रदायीक सबै सद्भाव खलबलिँदै जान्छ र देशको दूरगामी हितमै असर पर्छ भन्दा नपत्याउने । नेपाली समाजको पत्र–पत्र पतित भएको/खलबलिएको टिकटकले होइन । ‘प्रचण्डीकरण’ भएको ‘अग्रगमन’ को गलत भाष्यले हो ।’’

रोग जरामा लागेको छ भने हाँगामा उपचार खोजेर नहुने भन्दै उनले लेखेका छन्, ‘‘हेर्दै जानोस् न ‘प्रचण्डपथ’ मा देशलाई हिँडाइरहने हो भने कहाँ–कहाँ पुगिन्छ, के, के बन्द हुन्छ ! रोग जरामा लागेको छ, उपचार हाँगामा खोजेर हुँदैन ।’’

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १० : ०३ बजे

प्रधानमन्त्री प्रचण्ड दुबई प्रस्थान

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)

विपिनका बाआमा भन्छन् : समाचार हेर्दै रात बित्छ

कञ्चनपुर – इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि

देशमा सुशासन कायम हुन सकेन : ओली

बैतडी – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज रास्वपाको उपसभापतिमा वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ, यस्तो छ

कांग्रेस पदाधिकारी बैठकमा सुटुक्कै छिर्‍यो तेस्रो एजेण्डा

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार