एनसेल शेयर खरिदबिक्रीविरुद्ध रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा « Khabarhub

एनसेल शेयर खरिदबिक्रीविरुद्ध रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल शेयर खरिदबिक्रीविरुद्ध प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइका लागि आज न्यायाधीश नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ ।

सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटको पेसी लगातार तीन दिनदेखि हेर्न नभ्याइने सूचीमा पर्दै आएको छ ।

उक्त रिटमा आइतबार न्यायाधीश कुमार रेग्मी, सोमबार न्यायाधीश विनोद शर्मा र मंगलबार प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको थियो ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानी नोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिदबिक्री भएको दाबी गर्नुका साथै शेयर खरिद बिक्रीलाई मान्यता नदिन पनि माग गरेका छन् ।

एनसेलको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलिया सोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब  हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर समेत गरिएको छ ।

सांसद सिंहले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाइएको छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ११ : ४३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको