जाडोको कारण देखाउँदै महासमिति बैठक सार्न देउवाको दबाब « Khabarhub

जाडोको कारण देखाउँदै महासमिति बैठक सार्न देउवाको दबाब


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको महासमिति बैठक सर्न सक्ने नेताहरूले बताएका छन् । महासमिति बैठक पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरी हलमा हुने तय छ ।

तर जाडो बढेको भन्दै सभापति देउवाले बैठक सार्न दबाब दिएको बुझिएको छ । यही विषयको छिनोफानो गर्न कांग्रेसले आगामी शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसका एक नेताका अनुसार संस्थापन पक्षका केही नेताहरू बाहेक अन्य नेताहरूले यो पटक बैठक नसार्न अडान लिइरहेका छन् ।

यता, कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्धारित समयमा नै बैठक हुनेछ । उनका अनुसार पुस १६ देखि १९ सम्म नै महासमितिको बैठक हुनेछ । पौडेलले खबरहबलाई भने, ‘यो पटक बैठक सर्दैन । बाहिर आएका कुराहरू भ्रम मात्र हुन् ।’

देउवाले आफू मातहतमा रहेका नेताहरूलाई बैठक सार्नका लागि दबाब दिन सर्कुलर जारी गरेको नेताहरूको भनाइ छ । हुन त यसअघि मंसिर २३ देखि २५ सम्म बैठक बस्ने समय निर्धारण भएको थियो । तर विभिन्न कारण देखाएर कांग्रेसले महासमिति बैठक सारेको थियो ।

यता, आज संस्थापन इतर (शेखर–गगन) समूहको बैठक बसिरहेको छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १ : २० बजे

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू