नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार « Khabarhub

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो । आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता शेयर ८१ हजार चार सय ५१ पटक खरिद बिक्री हुँदा रू तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ६२, जीवन बीमा समूह एक दशमलव १४, निर्जीवन बीमा समूह एक दशमलव ३१ र व्यापार समूह शून्य दशमलव आठ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव १५ र लघुवित्त समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल ९बालाजु० लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १४ करोड ६७ लाख ९३ हजार एक सय ५६ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अरुण काबेली लिमिटेडको सात लाख तीन हजार ९२ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ४ : १६ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र