शेखर–गगन समूहको बैठकमा महासमिति बैठक सार्न नहुने अडान | Khabarhub Khabarhub

शेखर–गगन समूहको बैठकमा महासमिति बैठक सार्न नहुने अडान


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली कांग्रेसको संस्थापनइतर शेखर–गगन समूहको जारी बैठकमा नेताहरुले महासमिति बैठक सार्न नहुने बताएका छन् ।

बुधबार काठमाडौंको बत्तिसपुतलीमा बसिरहेको बैठकले महासमिति बैठक सार्न नहुने अडान लिएको हो । बैठकमा उपस्थित एक नेताका अनुसार अधिकांश सदस्यले महासमिति बैठक नसार्नका लागि सभापति शेरबहादुर देउवालाई भन्नका लागि आग्रह गरेका छन् ।

ती नेताले खबरहबलाई भने, ‘गगनजी र शेखरजी पनि बैठक सार्न नहुने पक्षमा हुनुहुन्छ ।’ महासमिति बैठक पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरी हलमा हुने तय भएको छ ।

तर, जाडो बढेको भन्दै सभापति शेरबहादुर देउवाले बैठक सार्न दबाब दिएको बुझिएको छ । यही विषयको छिनोफानो गर्न कांग्रेसले आगामी शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसका एक नेताका अनुसार संस्थापन पक्षका केही नेताहरू बाहेक अन्य नेताहरूले यो पटक बैठक नसार्न अडान लिइरहेका छन् । देउवाले आफू मातहतमा रहेका नेताहरूलाई बैठक सार्नका लागि दबाब दिन सर्कुलर जारी गरेको नेताहरूको भनाइ छ ।

हुन त यसअघि मंसिर २३ देखि २५ सम्म बैठक बस्ने समय निर्धारण भएको थियो । तर, विभिन्न कारण देखाएर कांग्रेसले महासमिति बैठक सारेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ४ : ३७ बजे

संविधान संशोधनले मात्र राजनीतिक स्थिरता ल्याउँदैन : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा

देशभर एक हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं– पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

चितवन– प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु

पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग पुन : सञ्चालनमा

मान्म– कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर

जनताको चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखिएको छ : सांसद विष्ट

काठमाडौं– नेकपा (एमाले) का सांसद गोकर्णराज विष्टले मुलुकले भोगेको समस्या