रवि लामिछानेलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र « Khabarhub

रवि लामिछानेलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले मंगलबार अल्डरशटमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली नागरिकता लिँदा आएका समस्याहरूमा पार्टीको तर्फबाट सहजिकरण गरिदिनको लागि आग्रह गरेका हुन् ।

संघको तर्फबाट दिइएको ज्ञापनपत्रमा संविधानमै व्यवस्था भए बमोजिम आम नेपाली नागरिक सरह गैर आवासीय नेपाली नागरिकलाई सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार उपभोगमा सहजीकरण गरिदिनसमेत आग्रह गरेका हुन ।

 गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई भिसा लिनु नपर्ने र भिसाको म्याद अवधि सकिएकाले पनि थप गरिरहनु नपर्ने विषयका लागि अध्यागमन विभागमार्फत कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउन पहल गरिदिनुहुन,  गैरआवासीय नेपाली नागरिकलाई समेत नेपाली सरह बैंक खाता खोल्न र सञ्चालन गर्नका लागि नेपाल राष्ट्र बैंकमार्फत परिपत्र, समेत नेपालमा कम्पनी दर्ता, सञ्चालन, व्यवस्थापन र खारेज गर्न पाउने व्यहोरासहित कम्पनी रजिष्ट्रारको कार्यालयलाई परिपत्र गरिदिन, गैरआवासीय नेपाली नागरिकता लिएकाहरूलाई नेपालको राहदानी प्राप्तीका लागि समेत पहल गरिदिन आग्रह गरिएको छ ।

लामिछानेले ज्ञापनपत्र बुझ्दै गैरआवासीय नेपालीका मागहरूको बारेमा आफू जानकारी रहेको बताउँदै आगामी दिनमा इमानदार भएर गैरआवासीय नेपालीहरूको हक र हितको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ५ : १५ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच