सिम्रौनगढमा प्रहरीको गोली लागी एक जनाको मृत्यु « Khabarhub

सिम्रौनगढमा प्रहरीको गोली लागी एक जनाको मृत्यु


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको सिम्रौनगढमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागी गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिका वडा नं. १ नमसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा २५ वर्षीय लक्ष्मी मुखियालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो । पछि चिकित्सकहरुले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

झडपमा अरु १० जना प्रहरी समेत घाइते भएका छन् । पालिकाकी मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लैजाँदा एउटा समूहले अवरोध गरेपछि झडप भएको हो ।

नगरपालिका कार्यालय परिसरको अवस्था अझै तनावग्रस्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ५ : २३ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री