दिनरात खटिरहेको छु : प्रधानमन्त्री « Khabarhub

दिनरात खटिरहेको छु : प्रधानमन्त्री


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काभ्रे- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि आफू दिनरात खटिरहेको बताएका छन् ।

बुधबार काभ्रेपलाञ्चाकको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुने भन्दै त्यही सङ्कल्पका साथ अहिले पनि दिनरात खटिरहेको बताएका हुन् । उनले अघिल्लो वर्ष सरकारले समयमै अनुदानको मल उपलब्ध गराएको र आगामी वर्षका लागि पनि अहिलेदेखि नै लाग्न निर्देशन दिएको बताए ।

आउँदो वर्षको नीति र कार्यक्रमबारे संसदमा र जनस्तरसम्मै र्वहत रूपमा छलफल गरेर केही नयाँ कार्यक्रम ल्याउने सरकारको तयारी रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले पाँचखालमा स्थापना गरिएको महिला उद्यमी हरित पार्कले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने योजना अघि सारेको बताए ।

यस परियोजनाले हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने, व्यावसायिक उत्पादनहरूमा नवीन विचार, प्रविधि र सीपको विकास गर्न मद्दत गर्ने उनको विश्वास छ । उनले प्रधानमन्त्रीको हैसियतले पहिलो पटक हाइड्रोजन गाडी चढ्ने र यसले हरित क्रान्तिका लागि सन्देश दिने बताए ।

उनले काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन गाडीको प्रयोगमा बारेमा जानकारी लिएको जिकिर गरे । उनले नेपालमा हरिक क्रान्तिको युग शुभारम्भ गर्ने क्रममा औद्योगिक ग्राम स्थापना निकै सकारात्मक भएको बताए । इको टुरिजममा केन्द्रित सेवा क्षेत्रसहित कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगसमेत स्थापना गरिने परियोजनाको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् ।

पार्कलाई पर्यटन, उत्पादन र सूचना तथा प्रविधि गरी मुख्यतः तीनवटा क्षेत्रमा विस्तार गरिएको छ । जसमा पहिलो पर्यटन अन्तर्गत सेवा क्षेत्र र पर्यावरणीय पर्यटन क्षेत्र रहेको छ । नेपालमा यस किसिमको पहिलो नमूना पार्कको निर्माणपश्चात यसलाई सबैभन्दा सुन्दर र सफा औधोगिक ग्राम बनाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्रीले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ४० बजे

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व– रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत

हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हुँदै

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको