श्रीलङ्काद्वारा नयाँ क्रिकेट छनोटकर्ता नियुक्त « Khabarhub

श्रीलङ्काद्वारा नयाँ क्रिकेट छनोटकर्ता नियुक्त


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्का क्रिकेट बोर्डले हालै बर्खास्त गरिएका सदस्यहरूको पुनरबहाली गरेको एक दिनपछि बुधबार नयाँ छनोटकर्ताहरूलाई नियुक्त गरेको छ । बोर्डले पूर्वअन्तर्राष्ट्रिय खेलाडी उपुल थरङ्गालाई दुई वर्षका लागि पाँच सदस्यीय छनोट समितिको प्रमुखमा नियुक्त गरेको छ । श्रीलङ्का क्रिकेट बोर्डले एक विज्ञप्तिमा भनेको छ, “छनोटकर्ताहरूको पहिलो काम आगामी महिना जिम्बाब्वेविरुद्ध छ खेलको सेतो बलको शृङ्खलाका लागि टिम छनोट गर्नुहुनेछ ।”

छनोट समितिका अन्य सदस्यमा पूर्वक्रिकेटर अजन्था मेन्डिस, इन्डिका डि सरम, थरङ्गा परनाविताना र दिलरुवान परेरा रहेका छन् । उनीहरूले पूर्वखेलाडी प्रमोदय विक्रमासिङ्घेको अध्यक्षतामा रहेको प्यानलबाट जिम्मेवारी सम्हाल्ने छन् ।

यस वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा श्रीलङ्काको खराब प्रदर्शनका लागि विक्रमासिङ्घेको प्यानलको खराब छनोटलाई दोष दिइएको थियो । दिवालिया भएको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट लामो समयदेखि भ्रष्टाचारको आरोपमा फसेको छ । यसको परिणाम गत महिना बोर्ड बर्खास्त भएको थियो ।

बोर्ड बर्खास्त गर्ने कदमले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई अधिकारीहरूमाथि राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै श्रीलङ्का क्रिकेटलाई निलम्बन गर्नका लागि प्रेरित गर्यो । पछि खेलमन्त्री हरिन फर्नान्डोले निलम्बन समाप्त गर्नका लागि बर्खास्तलाई रद्द गरे । आईसीसीले अलिहेसम्म बोर्डको पुनरबहालीका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ८ : ०२ बजे

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले