सिगात्सेमा जागिर खान चाहने तिब्बतीले दलाई लामाको निन्दा गर्नुपर्ने « Khabarhub

सिगात्सेमा जागिर खान चाहने तिब्बतीले दलाई लामाको निन्दा गर्नुपर्ने


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले जागिर खान चाहने तिब्बतीले धर्मगुरु दलाई लामाको निन्दा गर्नुपर्ने प्रावधान ल्याएको पाइएको छ । सिगात्सेका गाउँ विकास विस्तार कार्यक्रममा जागिर खान चाहनेले तिब्बती धर्मगुरु दलाई लामाको निन्दा गनुपर्ने प्रावधान समेटिएको छ ।

चीनले जारी गरेको ५५४ नयाँ सरकारी जागिरको कोटामा कलेज स्तरको शिक्षा पूरा गरेका तिब्बत स्वशासित क्षेत्रका नागरिकले दलाई लामाको निन्दा गर्नुपर्ने प्रावधान उल्लेख रहेको रेडियो फ्रि एसियाले जनाएको छ ।

चिनियाँ निर्देशिकामा जागिर खाना ‘विश्वासिलो र भरपर्दो नागरिक’ हुनुपर्ने र दलाई लामाको निन्दा गर्नुपर्ने र चिनियाँ कम्युनिष्ट पार्टीप्रति वफादार हुनुपर्ने उल्लेख छ ।

चीनले हाल भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामामाथि आङ्कवादलाई समर्थन गरेको र तिब्बतलाई चीनबाट टुक्र्याउने पृथकतावादीको संज्ञा दिने गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १२ : ०१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल