‘नेपाली गीत हाम्रो संस्कार र संस्कृति हो, त्यसैले माया गर्नुपर्छ’ « Khabarhub

‘नेपाली गीत हाम्रो संस्कार र संस्कृति हो, त्यसैले माया गर्नुपर्छ’

आवाजलाई राम्रो बनाउन हरेक दिन अभ्यास गर्नैपर्छ 


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देविका बन्दना नेपाली संगीत क्षेत्रको एक परिचित नाम हो। नेपाली गीत संगीतमा लामो समयदेखि सक्रिय गायिका बन्दना समयसँगै आफूलाई निखार्दै स्थापित हुन सफल भएकी छन्। उनले गाएका थुप्रै गीतले चर्चा परिचर्चा मात्र पाएका छैनन् भावी पुस्ताका लागिसमेत मार्गदर्शन बन्ने सामर्थ्य राख्ने गरेका संगीत क्षेत्रका जानकारहरु बताउँछन्। उनी गायिका देविकासँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईँले धेरै गीतमा आवाज दिइसक्नुभएको छ, हालै मात्र नयाँ गीत बजारमा ल्याउनुभएको छ यो गीतको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
प्रतिक्रिया धेरै राम्रो आएको छ। मेलै गाएको गीतलाई धेरैले रुचाइ दिनु भएको छ। पछिल्लो गीत पनि अत्यन्त राम्रो बनेको छ। प्रतिक्रिया सोचे भन्दा राम्रो आएको छ।

सांगीतिक जगतमा यति धेरै चर्चा कसरी पाए जस्तो लाग्छ ? 
मैले लामो समयदेखि सांगीतिक क्षेत्रमा निरन्तरता दिएँ। जति सके त्यति मिहिनेत गरेर मैले सकेसम्म राम्रो गर्ने कोसिस गर्दै गए। त्यसैले मेरा गीतहरूलाई आम जनताले रुचाउनु भएको हो जस्तो लाग्छ। किनकि म संगीतको लागि नै जन्मेको हो जस्तो लाग्छ।

यो गीत तपाईँलाई कसरी तयार गर्न इच्छा लाग्यो ?
यो गीत लोकमा आधारित भएको कारण र सांगीतिक टिमको पनि राम्रो साथ पाएर बनाउने इच्छा लागेको हो।

सांगीतिक क्षेत्रमा काम गर्दा कस्तो अनुभव हुँदो रहेछ त ? 
सांगीतिक क्षेत्रको संस्कार राम्रो छ। सानो ठुलो नभनी सबैमा सम्मान व्यवहार हुने गरेको मैले पाएँ। मेरो गीतलाई पनि धेरैले मन पराई दिनु भएको छ। यी सबै कारणले मैले सकारात्मक अनुभव लिन पाएको महसुस गरेकी छु।

नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेपछिका सहजता र असहजता के कस्तो आयो ?
मैले स्कुलबाटै गीत गाउन सुर गरेकी हुँ। मलाई अहिलेसम्म पनि असहजता महसुस भएको छैन किनकि मलाई धेरै जनाको साथ र सहयोग छ। त्यसकारण म आफूले आफूलाई यो क्षेत्रमा अगाडि बढ्न पाउँदा निकै भाग्यमानी ठानेकी छु। त्यसैले अत्यन्तै खुसी छु।

पछिल्ली समय तपाईँले नेपाली संगीतमा कस्ता परिवर्तन देख्नुभएको छ ? 
अहिले प्रविधिले फड्को मारेको छ। नयाँ नयाँ प्रयोगहरु गीत संगीतमा भएका छन्। त्यसैले समयको माग अनुसार चल्नु अनिवार्य आवश्यकता जस्तै भइसकेको छ। समयको माग र श्रोताको चाहानाअनुसार परिवर्तन हुँदै जानु कलाकारमा हुनुपर्ने गुण हो जस्तो लाग्छ।

तपाईँको आवाजमा अरूभन्दा फरकपन छ भन्छन् नि !  
अलग आवाज छ भन्छन्। विभिन्न तरिकाले राम्रो पक्षको प्रशंसा पाउँदा खुसी लाग्छ ।

तपाईँलाई कुन गायिका मन पर्छ 
सबै गायिका राम्रो लाग्छ। सबै आ-आफ्नो ठाउँमा राम्रो हुनुहुन्छ।

प्रतिभा तथा गायनको जन्म कसरी हुन्छ ?
मलाई यो कला भन्ने चिज भगवानले नै दिएको हुनुपर्छ जस्तो लाग्छ। तर भगवान भरोसा मात्र गरेर पनि हुँदैन। व्यक्ति आफूले पनि मेहनत गर्नु आवश्यक हुन्छ। मेरो सोचाई अनुसार यो क्षेत्रमा लाग्ने मान्छेले हरेक दिन बिहान अभ्यास गर्नु अत्यन्त राम्रो हुन्छ।

अहिलेका युवाले नेपाली भन्दा अन्य गीत संगीतलाई बढी महत्त्व दिएको जस्तो पाइन्छ, यसबारे के भन्नुहुन्छ ?
युवाहरू नयाँ युग र परिवर्तनमा चाँडो घुलमिल हुने भएकोले हुन सक्छ। अभिभावकले नेपाली गीततर्फ प्रेरित गराउनु पर्छ। नेपाली गीतलाई सम्पत्तिका रूपमा व्याख्या गराएर पनि हामी हाम्रो गीत संगीतलाई उचाइ दिन सक्छौँ।

तपाईँका आगामी योजनाहरू के छन् ?
अहिले बजारमा मेरो एउटा पुस्तक आउँदै छ। सो पुस्तक नेपाली र अंग्रेजी दुबै भाषामा छ। म अबको केही समयमा एकल साँझ र पुस्तक लिएर देश विदेश जाने तयारीमा गर्दै छु।

तपाईँ गायन क्षेत्र बाहेक अन्य काम के मा रुचि राख्नुहुन्छ ?
म लाइन्स क्लबमा पनि छु। जहाँ महिलाहरु मात्र हुन्छन्। मलाई समाज सेवा मन पर्छ। अर्को मेरो युटुब च्यानल पनि छ। त्यसमा म खानाको बारेमा सामग्री राख्ने गर्छु।

अहिलेसम्म तपाईँले कुन-कुन सम्मान पाउनु भएको छ ?
छिनलता गोरखा दक्षिण बाहु पुरस्कार पाएकी छु। राष्ट्रिय तथा अन्य धेरै सम्मानहरु पनि पाएकी छु।

आवाजलाई कायम राख्न के गर्नु पर्छ  ?
लगातार संगीतलाई निरन्तरता दिनु पर्छ। बिहान सधैँ अभ्यास गर्न आवश्यक हुन्छ।

(एभिन्युज टेलिभिजनसँगको सहकार्यमा कुसुम गौतमले तयार गरेको सामग्री)

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : १८ बजे

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ