साउदीमा थप ७४ नेपालीले पाए एक्जिट भिसा « Khabarhub

साउदीमा थप ७४ नेपालीले पाए एक्जिट भिसा



दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ७४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियादबाट ४२ र दमामबाट ३२ नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ।

यसैगरी, साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको दूतावासले जनाएको छ।

केही आवेदकको एक्जिट भिसा लागेको केहि समय भइसकेकाले दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएका हुरूब लागेका व्यक्तिहरूले अनिवार्य रूपमा अबको ७ दिन भित्रै साउदी छोडी सक्न पनि दूतावासले अनुरोध गरेको छ। अरूलाई पनि आफ्नो एक्जिट भिसाको म्याद हेर्न र एक्जिट भिसाको म्याद भित्रै साउदी छोड्न दूतावासले भनेको छ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ०० बजे

भक्तपुरमा सिलिन्डर खोज्दै उपभोक्ता, प्रमुख जिल्ला अधिकारी भन्छन्- ग्यास आपूर्ति सहज छ

ख्वप– जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको

भोटेकोशी बाढी : काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

काभ्रेपलाञ्चोक– गत भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीपछि बेपत्ता काभ्रेपलाञ्चोकका ३५ नागरिकको

आठ वर्षीय प्रकाशले पाए ह्विलचियर

जुम्ला– जुम्लास्थित सामाजिक विकास कार्यालयले यहाँको तिला गाउँपालिका–१, रारा गाउँका

एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल

काठमाडौँ– काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट