स्रोत नखुलेको रकमसहित चार जना पक्राउ « Khabarhub

स्रोत नखुलेको रकमसहित चार जना पक्राउ


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा – सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको रु १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौँ बागेश्वरी मनोहरा नपा–८ बस्ने वर्ष ३२ को पहलाद चापागाई, सोही कारमा सवार मनोहरा–२ बस्ने वर्ष २७ को सनम बस्नेत र मनोहरा–८ बस्ने ३६ वर्षीय शिव चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

त्यस्तै प्रहरीले मलङ्गवा–२ नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडिबाट रु दुई लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला सीतामढी ग्राम पञ्चायत मढिया–३, तिलहंगी बस्ने जयलाल महतोको छोरा १९ वर्षीय राहुल रहेको प्रहरीले जनाएको छ । महतो नगदसहित साइकलबाट आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १० : ०४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।