कर्णाली प्रदेशको सभामुखको लागि उम्मेदवारी दिने समय आज « Khabarhub

कर्णाली प्रदेशको सभामुखको लागि उम्मेदवारी दिने समय आज


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा आज सभामुख छनोटका लागि उम्मेदवारी दर्ता गर्ने समय आज रहेको रहेको छ। बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याएको छ।

बेलुकी ५ : १५ बजे उम्मेदवारको नामावली प्रकाशन र ५ : ३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय रहेको छ भने  १० : ३० बजे अन्तिम नामावली प्रकाशनका साथै ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजनको समय निर्धारण गरिएको छ। त्यस्तै त्यसपछि निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

सभामुखका लागि क कसको दाबी ?
सत्ता गठबन्धन भित्र रहेको माओवादीले मुख्यमन्त्री पाएपछि नेकपा एमालेको भागमा सभामुख परेको छ। तर यो समाचार तयार पर्दा सम्मा समामुखको विषयमा अन्तिम टुंगो लागेको छैन। सभामुखका आंकाक्षीका रुपमा सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम अहिले सतहमा आएको छ। सभामुखको टुङ्गो लगाउने विषयमा सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको छ।

कांग्रेसले पनि उम्मेदवारी दर्ता गर्ने
नेपाली कांग्रेसले प्रदेश सभामुखमा उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको छ। कांग्रेसबाट सुर्खेत १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य खड्क पोखरेललाई सभामुखका लागि अघि सार्ने विषयमा आन्तरिक छलफल भइरहेको स्रोतले बताएको छ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १२ : ०७ बजे

किसमिस किन खाने ? यस्ता छन् फाइदाहरू

काठमाडौँ- किसमिसमा आइरन प्रचुर मात्रामा हुन्छ। जसले गर्दा  शरीरमा रगतको

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल

सय वर्षमा पहिलो पटक बेलायती शाही परिवार अदालतमा

लन्डन – बेलायतको शाही इतिहासको १०० वर्षमा पहिलो पटक राजकुमार

लिन्डाले सम्हालिन ट्विटरको सीईओको जिम्मेवारी

काठमाडौँ – लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्विटरको नयाँ सीईओको

गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम

कास्की – गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित